बसन्तराज सुब्बा / झापा: महिलाहरु लाई जागरुकता, आत्मानिरभर्ता र स्वलम्वन बनाउने हेतुले स्थापित समावेशी महिला सशक्तीकरण केन्द्र केर्खाले बिगतदेखी सामाजिक कार्यहरुमा विभिन्न महिला लक्षित गतिबिधिहरु गर्दै आएको छ।
भने उक्त संस्थाले यसपाली भने एकैसाथ कमल गाउँपालिकाको वडा न.१ र वडा न.६-मा फरक-फरक शीर्षकमा अलक शिपमुलक तालिम सफलपुर्बक सम्पन्न गरेको छ।
सो कार्यक्रमहरु कमल गाउँपालिका वडा न.-१ को बार्षिकी सिलिङ्क बजेटद्वारा समावेशी महिला सशक्तीकरण केन्द्रले एक महिने महिला लक्षित सिलाई बनाई तथ कटिङ तालिम कार्यक्रम गएको बैशाख २३ गते वडा न.१को ढ्याङ्री बजारस्थित दुर्गा मन्दिरको हलमा संस्थाकि अध्यक्ष पुर्णिमा देवान/फागोको अध्यक्षतामा बिधिगत उद्घाटन भएको थियो।
भने सोही कार्यक्रमलाई जेष्ठ २३ गते कमल गाउँपालिका वडा न.१-का वडाध्यक्ष केदार कटुवालको उपस्थितिमा एवम प्रकारले समापन गरेको छ।
सो तालिममा जम्मा जम्मा २१- जना महिलाहरुलाई प्रशिक्षिका तारा चौधरिले तालिम दिएकी थिईन।
त्यस्तै अर्को कमल गाउँपालिका वडा न.६,को बार्षिकी बिन्योजित रकममा बाट मिति-२०८१ बैशाख ४-गते महिलाहरुका लागि बिशेष आयाआर्जन मुलक एक-हफ्ते बटारे धुप बनाउने तालिम कार्यक्रमको उद्घाटन गरि जेष्ठ ११- गते कमल गाउँपालिका उपप्रमुख प्रमिला तिवारिको उपस्थितिमा बिधिगत समापन गरेको थियो ।
उक्त तालिममा जम्मा ६०-जना प्रशिक्षार्थीलाई प्रशिक्षिका मेनुका श्रेष्ठले ले तालिम दिएकी थिइन।
समापन समारोहलाई समग्रामा बिसर्जन गर्ने क्रममा संस्थाकी अध्यक्ष पुर्णिामा देवन/फागोले वडा न.१ र ६- को दुईटै वडाध्यक्ष र जनप्रतिनिधिहरु र पलिका सबैप्रती आर्थिक बजेट जुटाई कार्यक्रम दिएकोमा सस्थाको थर्फबाट एकमुष्ट धन्यवाद व्याक्त गर्दै औपचारिक उद्घाटनदेखि समापन कार्यक्रमसम्म उपस्थित जनाउने अथितीजनहरु, प्रशिक्षिकहरु लाई पनि विशेषज धन्यवाद दिदै तालिम लिएर सर्टिफिकेट प्राप्त सबैलाई सिकेको शिपको उपयोग गरि सफल आय-आर्जनगर्न सफल हुनका लागी बधाई-ज्ञापन गर्दै आउँदा दिनहरुमा थप एड्भान्स तालिम र अन्य किसिमका कार्यक्रमहरु पनी संस्थाले गर्दै जाने प्रतिबद्धता राख्दै कार्यक्रम बिसर्जन गरेकी थिइन।