दोहा : काठमाडौं मेडिकल कलेज प. लि. तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिनामंगल, काठमाडौं स्थीत काठमाडौं मेडिकल कलेज प. लि. (पहिलो पक्ष) र गैरआसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार (दोस्रो पक्ष) वीच आज मिति २०८१।०२।२० तदनुसार जुन २, २०२४ का दिन तपशिल अनुसार हुने गरी सम्झौता गरिएको छ ।
सम्झौताको उद्देश्यः
कतारमा वसोवास गर्दै आउनु भएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आउनु भएका श्रमिक नेपालीहरुलाई दोस्रो पक्षको सिफारिसमा उपचारकालागि आउने विरामीहरुलाई सहुलियतमा गुणस्तरीय स्वास्थ्य उपचार पुऱ्याउने उद्देश्यले प्रथम पक्षको अस्पतालमा विशेष सहुलियतमा उपचारको व्यवस्था मिलाउन दुवै पक्षले आपसी छलफल गरी समझदारीमा यो सम्झौता गरिएको छ ।
सम्झौताका बुँदाहरुः
१. दोस्रो पक्षको सिफारिसमा पहिलो पक्षको अस्पतालमा स्वास्थ्य उपचारको लागि आउने कतारमा वसोवास गर्दै आएका गैरआवासीय नेपालीहरु र कतारमा कार्य गर्दै आएका श्रमिक नेपाली विरामीलाई पहिलो पक्षले अस्पताल सेवा (एम. आर. आई., सी. टी. स्क्यान, शल्यक्रियाहरु सहित) मा तपसिल अनुसारको छुटको व्यवस्था गर्ने छ ।
क) बहिरङ्ग विभाग (OPD) मा आई जाँच गराउदा ५०% छुट उपलव्ध हुने छ ।
ख) भर्ना भई उपचार गराउदा ५०% छुट उपलव्ध हुने छ ।
ग) कतारमा कार्य गर्दै आएका श्रमिक नेपालीको आश्रित परिवार सदस्यको हकमा अस्पताल सेवामा १५% छुट उपलव्ध हुने छ ।
घ) उपचारका लागि कतारवाट आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल देखि सिनामंगल स्थीत काठमाडौं मेडिकल कलेज सम्म विरामी आउदा प्रथम पक्षको एम्बुलेन्स प्रयोग गरिएको खण्डमा एम्बुलेन्स शुल्क मात्र रु ५००/- (अक्षरुपी रु पाँच सयमात्र) बुझाउनु पर्ने छ ।
२. उपचारको लागि आउने विरामीले अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात (Original Valid Qatar Residence ID) र दोस्रो पक्षले विरामीको विवरण खुलाई सहुलियतमा उपचार गराउन जारी गरेको सिफारिस पत्र पहिलो पक्षलाई पेश गर्नु पर्ने छ जसमा विरामीको नाम, ठेगाना, उमेर, आर्थिक अवस्था स्पष्ठ खुलाइएको हुनु पर्ने छ । कतारमा कार्यरत नेपालीको आश्रित परिवार सदस्यको हकमा कतारमा कार्यरत नेपालीको परिचय खुल्ने कागजात र विरामी संगको नाता खुल्ने कागजात अनिवार्य पेश गर्नु पर्ने छ ।
३. पहिलो पक्षले दोस्रो पक्षको सिफारिसमा आउने विरामीहरुको उपचारमा विषेश ध्यान दिई उपचार सेवा प्रदान गर्ने छ ।
यो सुविधा क्याविन वाहेक अस्पताल सेवामा मात्र उपलव्ध हुनेछ । औपधी, औषधीजन्य सामाग्री, इन्प्लाण्ट, स्टेण्ट, पेसमेकर जस्ता सामानहरुमा यो सुविधा उपलव्ध हुने छैन ।
५. नेपाल सरकारको स्वास्थ्य वीमामा आवद्ध भएको, विपन्न नागरिक औषधी उपचार अन्तर्गतको र अन्य निःशुल्क उपचार सेवा प्राप्त हुने अवस्थामा ती सुविधाहरुलाई प्राथमिकतामा राखि उपचार सेवा उपलव्ध हुने छ । उक्त सुविधाहरु अन्तर्गतको सेवाहरु सकिए पछिमात्र यस सम्झौता अनुसारको सुविधा लागु हुने छ ।
६. पहिलो पक्षको सम्पर्क फोन नं. यस प्रकार रहेको छ ९८०२३३५११९, ९८०२३३५११३, ९८०२३३५१०५
७. दोस्रो पक्षको सम्पर्क फोन नं यस प्रकार रहेको छ : +974 779902-3 00974-50307156
८. यो सम्झौता सम्झौता भएको मितिबाट लागु भई २०८२ असार मसान्त सम्म कायम रहने छ र उक्त अवधी पछि आपसी सहमतीमा प्रभावकारीता हेरी पुनः सम्झौता गर्न सकिने छ ।
काठमाडौं मेडिकल कलेज प. लि. तथा कार्यकारी अध्यक्ष सोइना शर्मा, सल्लाहकार (साक्षी) इन्दिरा शर्मा (वराल) र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट तथा प्रथम उपाध्यक्ष कृष्ण कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छ्न ।
नेपाली दूतावास कतारको सभाहलमा सम्पन्न "स्वास्थ्य उपचार सम्बन्धी सम्झौता हस्ताक्षर" कार्यक्रममा नेपाली दूतावास कतारका महामहिम राजदुत नरेश बिक्रम ढकाल सहित कतारमा रहेका विभिन्न व्याबसायिक तथा सामाजिक व्याक्तित्व हरुको उपस्थिति रहेको थियो ।