दोहा : पाँचथर सेवा समाज कतारको एघारौं अधिबेशन गत शुक्रबार भब्य - सभ्यताका साथ सम्पन्न भएको छ ।
"बिदेशको पसिना,स्वदेशको साकार सपना" भन्ने मुल नारालाई अगाल्दै सन : २००४ मा स्थापित संस्था पाँचथर सेवा समाज दोहा कतारको ११औं अधिबेशनबाट कतारमा स्थापित जिल्ला संस्था हरुमा "एतिहासिक पहिलो पटक" महिला अध्यक्षमा लिला राई निर्विरोध निर्वाचित भएकि हुन ।
कार्यसमितीको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष रबिन खत्री, प्रथम उपाध्यक्ष भवानी ओझा, दृतिय उपाध्यक्ष सपना राई, महासचिव सुजन गुरुङ , सचिव मनोज खड्का, कोषाध्यक्ष - श्री डम्बर सुहाङ रहेका छ्न ।
कार्यसमितीको सदस्यहरुमा बिस्णु निरौला, समिक्षा आचार्य, मनु थुलुङ राई , राम कुमार राई
डिल्ली राम चौहान, मदन बस्नेत सहितको कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितीका संयोजकले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
समाजका अध्यक्ष खडानन्द बास्कोटाको सभापतित्व तथा नेपाली राजदूतावास दोहा कतारका नियोग उप -प्रमुख : कुमार राई प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
प्रथम उपाध्यक्ष रबिन खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा एनआरएनए एनसीसी कतारका दृतिय उपाध्यक्ष केशव कार्की लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तथा उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो ।
अधिवेशनमा बोल्ने वक्ताहरूले समाजले सामाजिक आर्थिक तथा नैतिक कार्यहरु उल्लेखनीय गरेको प्रतिबेदनमा जनाइएको बताउदै संस्थाको कार्यसम्पादनको प्रशंसा गरेका थिए ।कार्यक्रममा उपस्थिति कलाकारहरु गैर आवासिय नेपाली तारा सिजन ४ का बिजेता रुस्तम तामाङ, नृत्य तर्फकि बिजेता निरु श्रेष्ठ लगायत अन्य कलाकार हरुमा जीवन राई, झरना राई,गुना मगर , गौतम लिम्बु, भुवन परियार, जितेन्द्र लकान्द्री द्वारा विभिन्न साङ्गितिक प्रस्तुति पस्किएका थिए ।
प्रमुख अतिथि कुमार राइले मन्तव्यको क्रममा पाँचथर जिल्लाको विशेष चर्चा गरे । आदिमकाल देखि नै राई लिम्बु हरुको उद्गमथलो पाँचथर जिल्ला रहेपनि त्यहा रहने हरेक जात जातीको आ -आफ्नै सह - अस्तित्व, मेल मिलाप सामाजिक - साँस्कृतिक सद्भाव रहेको बताए । संस्थाले प्रस्तुत गरेको प्रतिबेदनबाट आफुले अतुलनीय कार्य गरेको देखिएको बताउदै राइले प्रशंसा ब्यक्त गरे ।
राइले हिलिहाङ राजा र हिलिहाङ ईतिहास बारे आफुलाइ केहि जानकारी रहेको बताए । हिलिहाङ राजा र पृथ्वीनारायण शाहबिच सत्रचोटि युद्ध भएपनी हार जित हुन सकेन । हिलिहाङ लिम्बुवानका तत्कालिन राजा नै अन्तिम भएका हुन । यिनै हिलिहाङ योङ्हाङ र शाही सत्ताबिच शान्ती बार्ता सुरु भै एकीकरण भएको ऐतिहासिक पृष्ठभुमीको आधारमा जिल्लाको एक गाउँपालिकाको नाम हिलिहाङ राखेको बताए ।
सभापति खडानन्द बास्कोटाले कार्यक्रममा उपस्थित तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।कार्यक्रमको सहजीकरण महा सचिव दया सागर अधिकारीले गरेका थिए ।