नेपाली जनप्रगतिशिल मन्च बहराईन ले १७औं गणतन्त्र दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
हिजो शुक्रबारका दिन बहराइन स्थित भेट्घाट नेपाली रेस्टुरेन्ट मा नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समिति सचिवालय सदस्य तथा नेपाली जनप्रगतिशिल मन्चका संस्थापक नारायण रपाल विश्वकर्मा को प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
मन्च का अध्यक्ष रामु काफ्ले को अध्यक्षता भएको कार्यक्रमलाई उपाध्यक्ष मिनराज नाथ ले सञ्चालन गरेका थिए ।
कार्यक्रम एतिहासिक महान जनयुद्ध, जनआन्दोलन लगायतका न्यायपूर्ण आन्दोलनहरुमा बलिदान दिएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण सहित एक मिनेट मौन धारण गर्दै बेपत्ता एवं घाइते योद्धाहरु र सहिद परिवारमा उच्च सम्मान प्रकट गरिएको थियो ।
राष्ट्रिय गान सहित १७ औं गणतन्त्र दिवस लेखिएको केक काट्दै सुरु भएको कार्यक्रम मा मन्चका उपाध्यक्ष राईन वली ले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम को विशेष अतिथि मा नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समिति सदस्य तथा नेपाली जनप्रगतिशिल मन्चका संरक्षक भीम केरुङ , नेपाली जनसम्पर्क समिति बहराईन का सभापति पद्म सुन्दर गुरुङ , प्रवासी नेपाली मञ्च बहराईन का अध्यक्ष हरि श्रेष्ठ को उपस्थित रहेको थियो ।
कार्यक्रम मा अतिथि हरु बाट गणतन्त्र दिवसको अवसरमा शुभकामना राख्दै प्रवास मा भाइचारा को सम्बन्ध बढाउनु पर्ने, वैचारिक संगठन हरुमा सहकार्य हुनुपर्ने, एतिहासिक आन्दोलन संघर्स बाट स्थापित गणतन्त्र , समावेशिता धर्मनिरपेक्ष लगायत मा मुद्धा हरु लाई समाज मा बुझाउनु पर्ने कुरा मा जोड दिएका थिए ।
कार्यक्रम लाई सफल बनाउन उपस्थित अतिथिगण, संगठन का पदाधिकारी सदस्य हरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम का सभापति एबं मञ्च का अध्यक्ष रामु काफ्ले ले कार्यक्रम समापन गरेका थिए ।