दोहा : याक्थुङ/लिम्बु जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ कतारले आफनो भाषा,धर्म,लिपि,संस्कार, संस्कृती तथा साहित्य र पहिचानहरुको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले बृहत'यक्वा तङनाम ५०८४' (उभौली चाँड) भब्यताका साथ सम्पन्न गरेको छ ।
सनैयामा अवस्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा कतारमा रहेका याक्थुङ/लिम्बु तथा गैर याक्थुङ/लिम्बु दाजुभाई तथा दिदिबहिनीहरुको भब्य उपस्थितिमा विभिन्न साङ्गितिक प्रस्तुतिमा रमाउदै महान (उभौली पर्व मनाइएको हो I
लिम्बू समुदाय अन्तगर्त रहेको बौद्धिक विधि पुर्वक पुजा -आजा गर्दै अगाडि बढेको कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रेखा राइले राखेको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार हर्क खजुम लिम्बूले यो समय खेतीपाती गर्ने, बाली नाली लगाउन माटोमा पुर्ने भएको हुँदा किराले न खाउस,अन्न बाली सपृयोस भन्ने हेतुले कुललाई पुजा प्राथना गरिएको प्रष्ट पारे । प्रकृति पुजा, साथ साथै तुतु तुम्याहाङ येतु कुमार सम्बाहाम्फे , राजेन्द्र सामाङ्खाम लिम्बु छत्र लिम्बु अन्य तुम्याहाङहरु द्धारा गालि सराप सेवा पनि गरिएको थियो !
नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि डिएन मगर लगायत कार्यक्रममा बोल्ने बक्ताहरुले याक्थुङ चुम्लुङ कतारले आफनो भाषा,धर्म,लिपि,संस्कार, संस्कृती तथा साहित्य र पहिचानहरुको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले बृहत'यक्वा तङनाम ५०८४' (उभौली चाँड) कार्यक्रम गरेकोमा धन्यवाद सहित प्रशंसा प्रकट गरे ।
विशेष गरेर नेपालको पुर्वी भेग तिर रहेका राई, लिम्बू, सुनुवारले मनाउने साकेला उभौलीले राट्रिय चाडका रुपमा मान्यता पाएसङ्ग अन्तर्राष्ट्रिय समुदाय सम्म पनि प्रचार - प्रसार भएको भन्दै कार्यक्रममा आफ्ना महत्त्वपूर्ण शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका महा -सचिव रबिन मगर , बैचारिक संस्थाहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश ,जिल्ला संस्थाहरु, प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार लगायतको आतिथ्यता रहेको थियो l
कार्यक्रममा कलाकारहरु उषा चेम्जोङ लिम्ब,निरु लिवाङ लिम्बू,राधा तुम्बापो लिम्बु ,बिस्सा वाईबा, सपना मगर,कुमारी लामा,रुपना भबर,निरु लिवाङ लिम्बपबित्रा आचार्य, सुनिता शेर्पा,जिवन खालिङ राई,गौतम सामे अङ्देम्ब लिम्बू,सरिता बान्तवा लगायत कतारमा स्थापित दर्जन भन्दा बढी कलाकारहरु द्वारा केलाङ नृत्य सहित लिम्बू समुदायमा नाचिने सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।
राजेन्द्र साम्याङखाम , ईन्द्र लिम्बु , कुसुम लिम्बु, निशा लिम्बु, निलाशा लिम्बु, राज आङ्ला, लगायतका कलाकार हरुले के- लाङ प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति सागर तुम्बाहाङ्फे लिम्बुले कार्यक्रममा उपस्थिति सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै प्रवास कतार बाट भएपनि आफ्नो समुदायले भब्यताका साथ उधौली पर्व मनाउन पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा उपस्थिति तथा विभिन्न तह तप्काबाट सफल तुल्याउन सहयोग गर्नेप्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव बिरेन मादेन लिम्बुले गरेका थिए ।
उभौली पर्व
उभौली पर्व लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने, कान दुखाउने जस्ता भयावह रोगव्याधिबाट दुःख पाइने लिम्बू जातिमा विश्वास छ ।
यस पर्व नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत बिश्वका विभिन्न मुलुकमा रहेका लिम्बू समुदायले जातीय भेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी मनाउदै आएका छन् ।