बेल्जियम, स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले आफ्नो प्रथम स्थापना दिवस २० मे का दिन बेल्जियमको औडनार्द (Oudenaarde) मा रहेको शिब मन्दिरमा एक भब्य कार्यक्रम गरि मनाएको छ।
नेपाल सरकारका माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालज्यू प्रमुख अतिथि हुनुभएको कार्यक्रममा प्रवास विभाग का सचिव पदमराज पंन्थी र युरोप हेर्ने ईन्चार्ज तोयाराज अधिकारी अतिथी हुनुहुन्थ्यो।
स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियम, निनोभ शाखाकी प्रमुख श्रीमती ईन्दिरा खनालज्यूको शुशी रेश्टुरेन्ट संगै रहेको शिब मन्दिरमा पुजाआजा गरेर सो कार्यक्रम सुरु गरिएको थियो। सो कार्यक्रमको अन्त्य संगै मन्दिरको प्रशाद स्वरुप खिर , तरकारी, सेलरोटी र अचार उपस्थित ब्यक्तिहरुलाई खुवाईएको थियो।
प्रमुख अतिथि श्रममन्त्रीले नेपालमा हालै भईरहेको राजनैतिक कुराहरुको जानकारी सहीत बेल्जियमको रास्वपा समर्थक साथिहरुको कामको प्रसंसा गर्नु भएको थियो।र सरकार रिजल्ट निकाल्ने गरेर मिहिनेतका साथ काम गरिरहेको र प्रत्येक हप्ता रास्वपाको चार मन्त्रीहरुको बैठक बस्ने , समिक्षा गर्ने र आगामी कार्यक्रमको कार्ययोजना बनाउने कार्य भैरहेको जानकारी दिनुभयो।मन्त्री अर्याल रास्वपाको प्रवास कमिटिको प्रमुख हुनुहुन्छ।
त्यसैगरि प्रवास कमिटीका सचिब पदमराज पन्थीले रास्वपा माथि नेपाली काँग्रेसले राजनैतिक दादागिरी गरेको र अध्यक्ष रवि लामिछाने माथी नचाहिदो र गलत आरोप लगाएको बताउनु भयो। साथै युरोप हेर्ने प्रमुख तोया राज अधिकारीज्यू बाट बेल्जियमको स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्चले राम्रो काम गरेको र भविश्यमा अझै राम्रा काम, संगठन विस्तार लगायत मिशन ८४ का लागि हरसंभव सहयोग गर्नका लागि अगाडी बढ्न भन्नुभयो। साथै यस कार्यक्रममा घन्टीलाई माया गर्नुहुने लुम्विनी कपिलवस्तु ग्लोबल क्याम्पेन बेल्जियमका प्रमुख तथा वैज्ञानिक राजेन्द्र वारीज्यू ले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।साथै मञ्चका सदस्य श्री याम निरौला र सल्लाहकार श्री प्रकाश कार्की बाट प्रमुख अतिथि डिपी अर्यालज्यूलाई आफ्नो जिज्ञासा राख्नुभएको थियो।
यस प्रथम स्थापना दिवसको सभापतित्व मञ्चका बेल्जियम प्रमुख श्री कृष्ण दाहालले गर्नुभएको थियो। स्वागत मन्तब्य उपप्रमुख रमेश कंडेल र सञ्चालन सचिब डा. गोकर्ण पाण्डेयले गर्नुभएको थियो। कार्यक्रम भौतिक र अनलाईन जुम मार्फत भएको थियो। साथै यस कार्यक्रममा उपस्थित सम्पूर्ण घण्टी प्रेमी साथिहरुबाट आपसमा आर्थिक संकलन गरी मन्दिरको पुजारी लाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सचिब डा. गोकर्ण पाण्डेयले आफ्नो एक वर्षे प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो। जस अनुसार स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च - बेल्जियमको पहिलो वर्ष धेरै उपलब्धि पूर्ण रहेको र बेल्जियम बसी नेपालीहरुको साथ र समर्थनले गर्दा बेल्जियममा ७०० भन्दा बढी सदस्य तथा समर्थकहरु स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च - बेल्जियम संग जोडिनु भएको, ३ वटा शहरमा शाखा समिति गठन भैसकेका तथा अन्य ५ वटा शहरमा शाखा समिति गठन गर्न अन्तिम चरणमा पुगेको वताउनुभयो। साथ साथै यो पहिलो वर्षाको अन्तरालमा मञ्च नेपालीहरुको दुखमा साथ दिदै भिभिन्न कार्यक लागि करिब १३ लाखको आर्थिक सहयोग जुटाएको पनि वताउनुभयो। लु लाग्दा पानि पिलाउन, भुकम्प पिडितहरुको पुनर्स्थापनमा, गरिब बिरामीहरुको स्वाथ उपचार लगायत अन्य कार्यमा स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च - बेल्जियमले आर्थिक सहयोग गरेको वताउनुभयो।
१५ मे मा स्थापना दिवस भए पनि १५ मे का दिन बेल्जियम निवासी स्वर्गिय उज्वल केसीको अन्त्यष्ठी परेकोले कार्यक्रम २० मे २०२४मा सारिएको थियो।