काठमाडौं, महानगरपालिका प्रमुख बालेन साहले जुध्न आउनेहरुलाई आए हुन्छ त्यसको सामना गर्न तयार रहेको बताउदै कसैलाई नछोड्ने चेतावनी दिएका छन।
मेयर बालेन साहले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस जारी गर्दै उक्त चेतावनी दिएका हुन।उनले लेख्छन सरकारले भ्रष्टहरुलाई समाउन सक्नुभएन तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ।
उनले ती पक्राउ गरिएका चार जना चालकलाई ससम्मान रिहाई नगरेसम्म सिंहदरबार,पार्टी कार्यलय र नेताहरुको घरको फोहोर नउठ्ने कडा रुपमा चेतावनी दिएका छन। उनको यो स्टासले सामाजिक संजालमा तहल्का मच्चाईरहेको छ।अहिले सम्मकै कडा रुपमा प्रस्तुत हुने, कम कुरा, बढी एक्सन गर्ने मेयर बालेनले दिएको यो स्टाटसलाई बिशेष रुपमा हेरिनुका साथै सरकारले के गर्ला त सबैका मनमा जिज्ञासा रहेको छ।
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
उनको स्टाटस जस्ताको तस्तै:
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।
को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!
मेयर साहले यो स्टाटस जारी गरेको करिब एक घन्टापछी पुन अर्को स्टाटस जारी गर्दै फोहोरको गाडी चलाउने चालकलाई ससम्मान छोडेको खबर पाएको जानकारी दिए।उनले नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको र महानगरबासीको आत्मसम्मान हुने कुरामा काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले नसहने चेतावनी दिदै बुझेर कदम चाल्न समेत सुझाव दिएका छन।
स्टाटस जस्ताको तस्तै:
फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए ।
जो कोहीले यत्ति बुझ्नुहोला - पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।
अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।
बुझेर कदम चाल्नुहोला ।