१७ मै २०२४ शुक्रबारका दिन नेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय कमिटी कतारले उमसालाल अलिमा राजु छिनालको संयोजकत्वमा २५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।
नेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय समिति कतारको अधिवेशन पश्चात पहिलो बैठकले एकपदाधिकारी एक क्षेत्रीय समिति एक सल्लाहकार एक क्षेत्रीय समिति र एक सदस्य एक एकाइ समिति गठन गरि संगठन निर्माण गर्ने अभियानलाई आत्मासाथ गर्दै मञ्चका कोषाध्यक्ष जिवन न्यौपाने र राष्ट्रिय समितीका कार्यसमिति सदस्य हरि बहादुर रावलको अगुवाइमा क्षेत्रीय समिती गठन गरिएको हो
कार्यक्रम राजु छिनालको संयोजकत्वमा भएको थियो भने मञ्चका उपाध्यक्ष बिकाश गैरे प्रमुख अतिथी रहेका थिए ।
प्रमुख अतिथी गैरेले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनप्रगतिशील मञ्च मजदूरहरुको संगठन भएकोले कतारमा छरिएर रहेका सम्पुर्ण मजदुरहरुलाई एकै ठाउमा आउन आग्रह गरेका छन । मञ्च प्रवासमा रहेर पनि मजदुरहरुको मुद्दालाई प्रमुख एजेण्डा बनाइ अगाडि बढेको र उनिहरुकै हक हित र अधिकारको निम्ति अहोरत्र खटिएको हुनाले सम्पुर्ण मजदुरहरुको समस्यालाई नजिकबाट नियालेको बताउदै जनप्रगतिशील मञ्चले भन्दा अरुले श्रमिकहरुलाई बुझ्न नसक्ने पनि ठोकुवा गरेका छन ।
उनले भनेका छन बरु हामी एक्लै बनौ तर जहाँ हुन्छौ तेहिबाट संगठन निर्माण गर्न सुरु गरौ । नेपालको समसामयिक राजनीतिक अवस्था र नेतृत्व बारे पनि प्रष्ट पर्दै यस भेला बाट क्षेत्रीय समितिमा आउने सम्पुर्ण पदाधिकारी तथा सम्पुर्ण क्षेत्रीय समिती सदस्यहरुलाई शुभकामना दिदै मञ्च सदैव अभिभावकको भुमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
मञ्चका कोषाध्यक्ष जीवन न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्य हरि बहादुर रावलले कार्यक्रमको सहजीकरण गरेका थिए ।
नेपाली जनप्रगतिशील मञ्च उमसालाल अलि क्षेत्रीय समिती ।
हरि बहादुर रावल (हरिस) - ईन्चार्ज
राजु छिनाल -संयोजक
गोरख बिष्ट - सहसंयोजक
बिनराम रावल - सहसंयोजक
यलिस साप्कोटा - सहसंयोजक
मनोज कुमार झा -सदस्य सचिव
मनोज नेपाली -कोष संयोजक
समीर मिक्रानि - सदस्य
मिलन लामा -सदस्य
सन्तोष पौडेल -सदस्य
डम्बर साउथ -सदस्य
नन्द लाल नेपाली -सदस्य
राजकुमार तामाङ -सदस्य
सन्तोस काम्फ्ले -सदस्य
प्रकाश रसाइली -सदस्य
प्रेम नेपाली-सदस्य
उपदेश राई -सदस्य
अभिषेक चौधरी -सदस्य
बिरेन्द्र नेपाली -सदस्य
गणेश प्रकाश के सि -सदस्य
हेम लिम्बु -सदस्य
अप्जल अन्सारी -सदस्य
मान बहादुर चन्द-सदस्य
आशिष् गिरि -सदस्य
पुस्प देभकोटा -सदस्य
बम बाहादुर -सदस्य