मुग्लानी खबर ५ असार
ट्राक्श युथ ग्रुप अलखोर कतारले इस्लामिक हरुको महान पर्ब इद अल फितरको पुनित अवसरमा कतारको अलखोर स्थित बारुवा श्रमिक फुटबल स्टूडियममा गत सुक्रबार देखि आयोजना गरेको तेस्रो मैत्रीपुर्ण बृहत फुटबल प्रतियोगिता हिजो सोमबारको दिन सम्पन्न गरेको छ ।
भब्य र सभ्य तरिकाले उत्घाटन समारोह कार्यक्रम गर्दै नेपाली समुदाय बीच भएको मैत्रीपुर्ण बृहत फुटबल प्रतियोगीतामा कतारमा रहेका ४० टिमको सहभागिता रहेको थियो ३ दिनको लगातार खेल पस्चाद २ टिम Bbfc र CFC 1 फाइनलमा पुगेका थिए । सयौ दर्सकको साथमा खेलहरु निकै रोमान्टिक रहेको थिए अन्तिम फाइनल खेलपनि निकै रोमान्टिक तरिकाले सम्पन भएको थियो ।
फाईनल खेल कतारी समय राति ११ :०० बजेबाट सुरुभएको थियो भने जम्मा ३० मिनेट रहेको उक्त खेलमा अन्तत: Bbfc टिम प्रथम र CFC 1 टिम दोस्रो भएका थिए ।
खेल पुरस्कार विवरण निम्नानुसार रहेको छ ।
(१) प्रथम बिजेता टिम : Bbfc टिमलाई नगद, शिल, मेडल र प्रमाण-पत्र
(२) दोश्रो उप -बिजेता टिम : CFC 1 लाई नगद, शिल, मेडल र प्रमाण-पत्र
त्यस्तै: खेलको बिबिध पक्षहरुलाई पनी पुरस्कार ब्यबस्था गरिएको थियो ।
जस्मा :
( १ ) सर्बाधिक गोल कर्ता : सुमन घले (ट्राक्श युथ ग्रुप ए टिम ) ट्रर्फी, मेडल र प्रमाण-पत्र
( २ ) उत्कृष्ट किपर : चित्र मगर
( ३ ) सर्बोत्कृष्ट/ Man of the Match प्लेयरमा सानुका सुब्बा ।)
( ४ ) उत्कृस्ट एम्पाएर : जेरी राई,बेस्ट कोचको रुपमा : सुबास राई घोषित भएका थिए ।)
कार्यक्रममा प्रमुख अतिथि सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिका अध्यक्ष थर्चा लामा,त्यस्तै अन्य अतिथिहरुमा नेपाली फुटवल टिम कतारका कोच संजिव वाइबा , सस्थाका प्रमुख सल्लहाकार सुर्य गुरुङ,सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बा, कोच मिलन खत्री,सगु प्रडक्सनका गणेश अधिकारि, तामाङ समाज कतारका कोषाध्यक्ष नेत्र तामाङ सदस्य पासाङ तामाङ,राज परियार लगायतका बिभिन्न बिसिस्ट ब्याक्तिहरुको उपस्थित रहेको थियो ।
मन्तब्यको क्रममा विदेशमा दैनिक कामगर्दा गर्दैपनि बचेको फुर्सदको समयलाई सदुपयोग गरि नेपालीमाझ आपशी सद्भभाव कायम राख्दै खेल क्षेत्रमा शक्रिय हुनु खु:शीको कुरा भएको बताउदै खेलमा सहभागी सम्पूर्ण टिमदेखि खेल अवदीभर रहेर खेलको माहोल तताउने दर्सक खेल आयोजाना गरी शान्तिपूर्णढंग बाट सफल बनाउने ट्राक्श युथ ग्रुप कतारका जागरुक युवाहरु लगायत अन्य बाहिरी सहयोगी सम्पूर्णलाई बधाई स्वरूप धन्यबाद दिदै स्लामिकहरुको पबित्रचाड इद अल फितरको उपलक्ष्यमा इद मुबारक भन्दै शुभकामना दिएका थिए । खेलहरु मध्ये फुटबलखेल जति लोकप्रिय छ, तेतिनै आयोजना गर्न कठिन चुनौती पनीरहेको बताए ।
कार्यक्रमको अन्त्यमा सभापाति ट्राक्श युथ ग्रुपका अध्यक्ष प्रविन घिमिरेले इदको छुट्टिको अवसरमा बिगत केहि वर्षदेखि यहि फुटबल मैदानमा तेस्रो चोटी नेपाली समुदाय बीच खुल्ला मैत्रीपूर्ण फुटबल प्रतियोगिता संचालन गरेको र यस्ता प्रतियोगिता गर्दा बिभिन्न कठिनाइ आएपनि आफ्नो सस्थाले भब्य र सभ्य तरिकाले सम्पन्न गर्दा खुसि लाग्ने बताए । कार्यक्रम सम्पन्न गर्ने सम्पूर्ण प्रति हार्दिक आभार ब्याक्त गर्दै उक्त तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि भब्य सभ्य सान्तिपूर्ण रुपमा सफल भएको बताउदै कार्यक्रम समापन गरेका थिए ।
सो कार्यक्रमको संचालन राजु खडका र रोसन तामाङले संचालन गरेका थिए ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=9yutvrZfAps