दोहा : - नेपाली रक्तदाता संघ कतारको आयोजनामा, अमेरिकन अस्पताल क्लिनिकको सहकार्यमा "निशुल्क स्वास्थ्य शिविर कार्यक्रम " सम्पन्न भएको छ ।
निशुल्क स्वास्थ्य शिविरबाट १५० भन्दा बढिले स्वास्थ्य परीक्षण गराएको संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी गराए ।
शिविरमा उचाई, वजन,BMI निगरानी, सुगर, प्रेसर ट्राइग्लिसराइड्स, लगायत डाक्टर सङ्ग नि: शुल्कस्वास्थ परामर्श गरिएको थियो ।
स्वास्थ्य शिविरमा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी, संघका प्रमुख सल्लाहकार तेज कटुवाल, सल्लाहकार हंसराज ढकाल, सामाजिक एवम् अग्रज ब्यक्तित्व चानक पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
गत १० मे, (शुक्रबार) का दिन अमेरिकी अस्पताल क्लिनिक (सी रिंग रोड,) अल मुन्ताजाह सेन्ट अल अन्डालुस पेट्रोल स्टेशन नजिक बिहान ८:०० देखि दिउँसो १:०० बजे सम्म निशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।
स्वास्थ्य शिविरमा आर्थिक अभावका कारण अस्पताल जान समस्यामा रहेका नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।