दोहा : लमजुङ सेवा समाज कतारको आयोजनामा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ।
"यहि मे ३ तारिक शुक्रबारका दिन लमजुङ सेवा समाज कतारले सदस्यता बिस्तार तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
दोहा देखि झण्डै असी किलोमिटर टाढा समाल ६६ भन्ने स्थान नजिक रहेको एउटा कृषि फर्म भित्र आयोजित रमाइलो बनभोज कार्यक्रम संस्थाका अध्यक्ष बिनोद प्रसाद बसौलाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतमा जिल्ला सस्थाका अध्यक्षहरु पदम गिरी , निराजन गौतम , रघुनाथ शर्मा , अगन्धर देवकोटा ,घनश्याम जैसि तथा तमु समाज कतार कि अध्यक्ष टौमाया गुरुङको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक डिलराम गुरुङ , संरक्षक पूर्णबहादुर पोखरिया ,संरक्षक नवराज नखोला , प्रमुख सल्लाहकार सिताराम थापा, सल्लाहकारहरु कर्म गुरुङ ,रबिन्द्र गुरुङ , कर्ण तामाङ , राजु पौडेल तथा पुर्व सल्लाहकार हरु युद्ध जङ गुरुङ को पनि उपस्थिति रहेको थियो ।
लमजुङ जिल्लाबाट रोजगारीको सन्दर्भमा कतार आइ विभिन्न कम्पनीमा कार्यरत लमजुङे दाजुभाइ तथा दिदिबहिनी हरुलाई समेट्ने उद्देश्यले आयोजिक सो बनभोज कार्यक्रममा जिल्लाका विभिन्न गाउपालिका तथा नगरपालिका का गरि १५० भन्दा बढी लम्जुङेहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुतिमा झुमेर नाच्दै रमाइलो गर्दै सम्पन्न गरिएको I
कार्यक्रममा २०८१ को क्यालेन्डरको बिमोचन तथा उपस्थित सहभागीहरु मध्यबाट लक्की ड्र मार्फत पाँच जनालाइ उपहार प्रदान गरिएको थियो साथै तमु समाज कतार द्वारा लमजुङ सेवा समाज लाई माइती स्वरुप कोसेली हस्तान्तरण गरिएको थियो ।
उपस्थिति बक्ताहरुले मन्तव्यको क्रममा लमजुङ सेवा समाजले गरेका कार्यहरुको चर्चा गर्दै कार्यक्रम सफलताको शुभकामना तथा सुभेक्षा ब्यक्त गरेका थिए ।
संस्थाका द्वितीय उपाध्यक्ष बिनोद थापा मगरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उपस्थित सबैलाइ स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव रबिन्द्र भन्डारीले गरेका थिए ।
उपस्थिति सम्पुर्णमा धन्यवाद प्रकट गर्दै सभापति बसौलाले कार्यक्रमको समापन गरेका थिए ।