नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने १५ खेलाडी घोषणा गरेको छ ।
त्रिवी क्रिकेट मैदानमा मंगलबार वेस्ट इन्डिज ‘ए’ टोलीसँग ७६ रनले पराजित भएपछि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा अनुभवी टोलीको घोषणा गरेको हो ।
अनिलकुमार शाह, स्पिनर सागर र कमल सिंह ऐरीले स्थान बनाएका छन् । वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रुपमा अनिल साह छन् ।
विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, आसिफ सेख, आकाश चन्द र विवेक यादवले टोलीमा स्थान बनाउन सकेनन् ।
कप्तान रोहित, कुशल, सन्दीप, दीपेन्द्र सिंह र गुल्शनले मध्यक्रम ब्याटिङ लाइनअप संहाल्ने छन् । रोहित, कुशल, दीपेन्द्र र गुल्शनले अलराउन्ड प्रदर्शन गर्न सक्छन् ।
अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा अगामि जुनदेखि टी–२० विश्वकप आयोजना गर्दै छन् । नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्सविरुद्ध खेल्ने छ ।
सन् २०१४ पछि नेपालले दोस्रोपटक विश्वकप खेल्न लागेको हो । नेपालले आफ्नो पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्सविरुद्ध खेल्ने छ । यो खेल अमेरिकाको टेक्सासमा हुने छ ।
नेपाली टोली
रोहित पौडेल ९कप्तान०, आसिफ सेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।