दोहा : पर्वत समाज कतारले बहुदेश्यीय अक्षय कोष स्थापना गर्ने उदेश्य अनुरुप २६ तारिख नज्मा स्थित कलिकोट रेष्टुरेन्टमा आफ्नो वार्षिक साधारण सभा सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रघुनाथ शर्माको सभापतित्व नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण क्षेत्रीको प्रमुख आथित्यता रहेको कार्यक्रममा एनसीसी कतार, कतारमा रहेका विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्व हरु, लगायत पर्वतेली तथा गैर पर्वतेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मन्तव्य राख्दै प्रमुख अतिथि क्षेत्रीले मानवीय सहयोगलाई थप व्यवस्थित र दीर्घकालीन बनाउनको लागि पर्वत समाज कतारको संरक्षकत्वमा बहुदेश्यीय अक्षय कोष स्थापना गर्न लागिएकोमा खुशी प्रकट गरे । क्षेत्रीले कतारमा रहेका नेपालीको काम गर्नको लागी नै दुतावास खुलेको भन्दै आफुहरु सदैव सेवामा तयार रहेको बताए ।
सुवेदीले कतारमा ठुलो संख्यामा नेपाली रहेपनि दुतावासमा कर्मचारी पर्याप्त नहुँदा केही कठिनाई भएपनि सेवालाई सहज बनाउन प्रयत्नरत रहेको बताए ।
पछिल्लो समय राहदानीको फाराम भर्न समस्या भैरहेको गुनासो प्रती लक्षीत गर्दै उनले फारामको लागि सल्ट खोल्ने र बन्द गर्ने काम परराष्ट्रले गर्ने र कतार स्थित दुतावासको लागि एक दिनमा २ सय सल्ट खुल्ने भएपनि झण्डै दोब्बर फाराम बुझदै आएको बताए । संस्थाको वार्षिक प्रतिबेदन सचिव भरत मल्ल ठकुरी र कोषाध्यक्ष सुबास जिसिले आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।
अक्षय कोषका सचिव सन्तोष क्षेत्रीले (अक्षय कोष) खोल्नुको तात्पर्य बारेमा बताएका थिए । क्षेत्रीले अक्षय कोष स्थापना गर्नुको उदेश्य प्रवासमा कार्यरत तथा वैदेशिक रोजगारी बाट फर्केका पर्वतेलीहरुलाई सहयोग गर्ने तथा पर्वत जिल्लाका विभिन्न सामाजिक एवं शौक्षिक संस्थाको भौतिक संरचनाहरुको पुःन निर्माण तथा अन्य कार्यमा सहयोग पुर्याउनु नै रहेको बताए ।
कार्यक्रमका मुख्य आकर्षक पर्वते राजाले परिचित लोकदोहरी गायक आर.सी पौडेल कार्यक्रमको मुख्य आकर्षक रहेका थिए । उनले विभिन्न नेपाली लोकदोहोरी गीत हरुमा भरपुर्ण मनोरञ्जन दिए ।
गैरआवासीय नेपाली तारा–३ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगाना निरु श्रेष्ठ , गायिका रेस्मी बिस्वकर्मा र देब परियार सहित नेपाल लोकदोहोरी प्रतिस्ठान कतार शाखाका कलाकार हरुको उत्कृष्ट (लोकदोहोरी )ले सबैको मन खिच्न सफल रह्यो ।
नेपाल मगर संघ कतारका कलाकारको ग्रुपको नृत्य पनि उत्कृष्ट प्रस्तुति रहेको थियो ।
सभापति रघुनाथ शर्माले संस्था स्थापना देखी नै पर्वत समाजले कतारमा स्थापित विभिन्न संस्थासँग सहकार्य गर्दे आएको र अक्षयकोष स्थापना गर्ने पवित्र अभियानमा आफुले पनि सबैबाट साथ सहयोगको अपेक्षा गरे अनुसार नै मिलेको बताए । अक्षयकोषको लागि कार्यक्रममा थुप्रै प्रतिबद्धता आएको हुँदा खुशी प्रकट गर्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यमबाट उपस्थित सबैप्रति धन्यवाद प्रकट गर्दै शर्माले कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष आनन्द जिसि र सहजीकरण सचिव भरत मल्ल ठकुरीले गरेका थिए ।
सन् २००३ मा “निस्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नारा सहित स्थापीत संस्थाले कर्मभुमीमा समस्यामा परेका पर्वतेली तथा गैर पर्वतेली एवं मातृभुमीमा विभिन्न समयमा आउने विपत्तीमा सहयोग गर्दे आएको छ