दोहा : प्युठान सेवा समाज कतारको अध्यक्षमा सिताराम सुनार निर्विरोध निर्वाचित भएका छ्न ।
शुक्रबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट अध्यक्षमा सिताराम सुनार सहितको १९ जनाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन ।
कार्यसमितीको बरिस्ठ उपाध्यक्षमा समुन्द्र खड्का,उपाध्यक्ष रबिलाल सुनार,महासचिव- टंक प्रसाद पोख्रेल,सचीव -भोज पुन,कोषाध्यक्ष -सुनिल कुमार परियार सह-कोषाध्यक्ष रुमान सिहं कुमाल रहेका छन ।
कार्यसमितीको सदस्यहरुमा पार्वता के. सी, शारदा भण्डारी , शिशिर भन्डारी,हरि खत्री, रमेश जि सी,चन्द्र सुनार,बिर बहादुर एम सी, हरि कुवंर, अर्जुन खड्काबल बहादुर कुवंर, ,भेषराज जि सी र शकुर जास्मी सहितको नयाँ कार्यसमिती बन्न सफल रहेको हो । नव निर्वाचित कार्यसमिती लाई निर्वाचन संयोजक द्वारा पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
संस्थाका अध्यक्ष केसर बहादुर के सि को सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुरागाइँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न जिल्ला संस्थाका प्रतिनिधि,पत्रकार तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
प्युठान सेवा समाज कतारका उपाध्यक्ष समुन्द्र खड्काको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा विभिन्न वक्ताहरूले आ- आफ्ना भनाईहरु राखे ।
कार्यक्रममा बोल्दै गुँरागाइले आफू विगत लामो समय देखि प्रवासमा रहेका प्युठानि दाजुभाइ दिदिबहिनीहरु सँग हर सुखदुःख मा सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि सँगै रहने बताए । प्युठानिहरु मेहनती, निडर र ईमानदार हुने भन्दै प्युठान सेवा समाज कतारले सामाजिक क्षेत्रमा गरेका कामहरुको खुलेर प्रशंसा गरे ।
खुल्ला सत्र कार्यक्रमको अन्त्यमा सभापति केसीले बोल्दै, निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गरे । सभापती केसिले कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
प्युठानिहरुको एकता,मिलिजुली र सहकार्यको आवस्यकता” भन्ने मुल उदेश्यको साथ २००९ मा दोहामा स्थापना भएको प्युठान सेवा समाज दोहा कतारको आठौं अधिबेशन सम्पन्न भएको छ ।