काठमाडौं, ४ बैशाख । आज चैत्रशुक्ल अष्टमी अर्थात चैते दशैं पर्व , देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ ।
देशका बिभिन्न स्थानमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै देखि पूजा तथा दर्शन गर्न दर्शनार्थीको चहलपहल भएको छ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ ।
असत्यको अन्धकारमाथी सत्य अनि मर्यादाको उज्यालोको प्रतिकका रुपमा रामनवमी पर्व मनाईने गर्दछ ।चैते दसैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ
वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका साथ नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाईल्याण्ड, श्रीलङ्का, फिजी टापू, साउथ अफ्रिका अनि ईन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यक्रमहरु गरि भब्यताका साथ मनाउने गरिन्छ।आज गण्डकी प्रदेश सरकारले सार्बजनिक बिदा समेत घोषणा गरेको छ।