दोहा : "खेल खेलौ स्वस्थ बनौं " भन्ने नारालाई आत्मसाथ गरि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको (खेलकुद बिभाग) को आयोजना सम्पन्न भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधी युथ क्लबले जित्न सफल भएको छ ।
इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल फित्र र नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा" सनैया ५२ को भलिबल खेल मैदानमा आयोजना गरिएको " "खुल्ला भलिबल प्रतियोगितामा ठ्कुरी सहयोग संजाल कतारलाई हराउदै युथ क्लबले उपाधी जित्न सफल भएको हो ।
च्याम्पियन युथ क्लबले उपाधिसँगै नगद नगद क.रि ७,०००।- ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।उपिवेजता ठकुरिले नगद क.रि ३.५००।- ट्रफि र प्रमाण पत्र हात पार्न सफल रह्यो । तेस्रो हुन सफल स्मार्ट ज्वेलरिले
नगद क.रि १,५००।- ट्रफि र प्रमाण पत्र र सान्त्वना पुरस्कार बाग्लुङ सेवा समाजले खसी ट्रफि र प्रमाण पत्र हात पार्न सफल रह्यो ।
उत्कृष्ट सटर बागलुङका खेलाडी सङ्गम सुनार, उत्कृष्ट खेलाडी ठकुरी सहयोग संजाल बाट आशिष् श्रेष्ठ, बेस्ट उत्कृष्ट लिब्रो गणेश थापा मगर रहे । सेमिफाइनल र फाइनल खेल निकै कडा प्रतिष्पर्धा र रोमाञ्चक भएका थिए ।
खुल्ला भलिबल प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । दोस्रो चरण सम्म ९ टिम पुग्न सफल रहेका थिए ।
एनआरएनए कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थी, नेपाली राजदुताबास कतारका प्रथम सचिव तथा प्रमुख अतिथि कृष्ण क्षेत्री, सामाजिक व्यक्तित्व सागर नेपाल एनआरएनए आइसीसी, एनसीसी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतले विजेता टिम तथा खेलाडिलाई पुरस्कार वितरण गरेका थिए
इदको पहिलो दिन (बुधबार )बाट सुचारु भएको प्रतियोगिता सनिश्चवार बिहान करिव १ बजे समापन भएको थियो । भलिबल खेलमा हजारौं दर्शको साथ दिएका थिए ।
संयोजक रमेश केसी, सहसंयोजक सन्तोष पौडेल,ब्यबस्थापक सुवास थापा, सहब्यबस्थापकः मेहर सिं तामांग (टोकल) को नेतृत्वमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । भलिबल खेलको औपचारिक कार्यक्रमको सहजीकरण संघका महासचिव रबिन मगर र खेलको कमेन्ट्री सचिव द्वय सन्तोष क्षेत्री र रोशन अर्यालले गरेका थिए ।