दोहा : "जहाँ श्रमिक त्यहाँ जिफन्ट" "सबैका लागि सामाजिक सुरक्षा, श्रमजिवि बर्गको समुह जिवनको आधार, भन्ने मुल नाराका साथ स्थापना भएको नेपाली प्रवासी श्रमिक संघ ( जिफन्ट ) कतारको आयोजनामा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको" शुभ अवसरमा ईदको पहिलो दिन ( बुधबार ) आयोजना गरिएको कार्यक्रमको सभापतित्व जिफन्ट कतार अध्यक्ष समुन्द्र खड्का र प्रमुख आथित्यमा प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य कमल मणि गुराँगाई रहेका थिए । कार्यक्रममा मञ्चमा आस्थावान विभिन्न बिभागका व्यक्तित्वहरु, सामाजिक संस्था तथा पत्रकार कलाकार लगायतको उपस्थिति रहेको थियो ।
सेषराज तिमिल्सिना, टिका कार्की, तान बहादुर खण्डालु मगर, श्रीधर आचार्य लगायतका बक्ताहरुले शुभकामना मन्तव्यको क्रममा जिफन्ट समूह कतारले प्रवासमा रहेर श्रमजीवीहरुलाई सचेतनामुलक कार्यक्रम गर्नुका साथै मजदुरहरुको लागि आवाज उठाउने, आपत बिपत्तिको समयमा विभिन्न मलम पट्टी लगाउने मजदुरहरुको आवाज बुलन्द गर्ने संस्था रहेको बताए।
प्रमुख अथिती गुराँगाइले दोहामा रहेका नेपाली श्रमिका समस्या समाधानको निम्ति जिफन्ट सहयोग समुह कतारले ठुलो भुमिका निभाउदै आएकोमा खुशी प्रकट गरे । उनले कतारमा श्रमिकका रुपमा आएका हामी नेपालीले यहाँको रुल, कानुनको घेराभन्दा बाहिर गएर कुनैपनि कार्य नगर्ने अनुरोध गर्दै आफ्नो महत्त्वपूर्ण भनाइ हरु राखेका थिए ।
कार्यक्रमको बिच बिचमा उपस्थिति कलाकार द्वारा विभिन्न साङ्गितिक प्रस्तुतिहरु पस्किदै बनभोजको मनोरञ्जन लिएका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति समुन्द्र खड्काले निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए lऔंपचारिक कार्यक्रमको सहजीकरण महासचिव लोक थापाले गरेकाथिए।