मुग्लानी खबर सम्पादक, असार ३
प्रदेश न. ५ स्थित दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका १९ मा पर्ने दोघरे गाउमा चुस्त दुरुस्त बिकाश र समृद्धिसिल गाउँ समाज निर्माण गर्न उत्साहित स्थानियहरुको एक भेलाका माझ हिजो असार २ गते शनिवारका दिन "दोघरे टोल बिकाश समिती" गठन गरेको छ।
देशमा राजनितिक परिबर्तन सङ्गै नगरपालिका भित्र रहेका हरेक वार्ड भित्र कम्तिमा ३५ घर कुरियालाई एउटा टोल वनाउन सकिने र उक्त क्षेत्रलाई बिकाश र हरेक समस्याबाट पार लगाउन टोल बिकाश समिति निर्माण गर्नै पर्ने प्राबधान सरकारले ल्याएपछि दोघरेका स्थानियहरुले पनि दक्षिणमा धन बहादुर बस्नेतको घर अगाडीको कलबट, पश्चिममा मानपुरे कुला, उत्तर मा देबिथान र पुर्बमा रहेको भुरभुरे सोता चार किल्ला भित्र बसोबास गर्ने करिब ८०/९० घर धुरीलाई मध्यनजर गर्दै उक्त समिती गठन गरिएको हो।
दोघरेमा स्थायी रुपमा बस्दै आएका स्थानिय बुद्धिजिबि व्यापारी समाज सेबी पत्रकार जेष्ठ नागरिक लगाएत करिब १०० जनाको हाराहारीमा उपस्थिति रहेको उक्त भेलाले सर्बसम्मती मा चन्द्रा ओलीको अध्यक्षतामा एघार सदस्यीय समिती गठन गरिएको छ भने ६ जना बुद्धिजीबिहरु सल्लाहकार मा रहेका छन जस अनुसार: अध्यक्ष - चन्द्रा ओली,उपाध्यक्ष -कर्ण बहादुर ओली,कोषाध्यक्ष -तुम कुमारी घर्ती,सचिब - प्रेम बस्नेत रहेका छन त्यसैगरी सदस्यहरुमा कुमार डागी,दौलत घर्ती,पुर्ण पुन,पेशल राज नेपाली,तिल बहादुर खड्का,खिम बहादुर खत्री र सम्झना खत्री रहेका छन।
उक्त सर्बसम्मतिमा नवगठित कार्यसमितिलाई हरेक बेला बखत सुझाब सल्लाह दिई सहयोग पुर्याउने सल्लाहकारहरुमा:वीर जङ ओली,लाल बहादुर खत्री,टोप बहादुर केसी,धन बहादुर बस्नेत ,शिला बिस्वकर्मा,गोपाल खड्का र नन्दी चौधरी रहेका छन भने नवगठित कार्यसमितिका पदाधिकारीलाई सफल कार्यकालको सुभकामना दिदै समाजका अग्रज चन्द्र बहादुर खड्काले अबिर लगाईदिएका थिए।
नवगठित कार्यसमिति का पदाधिकारीहरु अब छिट्टै बिधान बनाई वाकी कार्य चुस्त दुरुस्त अगाडि बढाउने प्रतिबद्धता जनाएका छन ।उक्त अनौपचारिक कार्यक्रम सन्चालक स्थानिय बुद्धिजिबि गोपाल खड्काले गरेका थिए।