काठमाडौं,२० चैत्र। शंखरापुर नगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस -२०८० भव्यताका साथ सम्पन्न भएको छ।
शंखरापुर नगरपालिका नगर प्रमुख रमेश नापितको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा नगर उप प्रमुख समिता श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राधाकृष्ण श्रेष्ठ,वडा नं ८ का वडा अध्यक्ष पोते थिङ,प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल,नगरपालिकाका विभिन्न शाखा प्रमुख कर्मचारीहरुमा उपसचिव रबि प्रसाद शर्मा,प्रमुख महिला बिकास अधिकृत निर्जला अधिकारी चुँडाल,वरिष्ठ शाखा अधिकृत सुभद्रा पुडासैनी,जनस्वास्थ्य अधिकृत बिष्णु प्रसाद चापागाई, अधिकृत राममणि ढकाल, कृषि बिकास अधिकृत सीता गुरागाईं पशु बिकास अधिकृत गिता तिमल्सिना, विभिन्न सहकारी संस्थाका प्रमुख,शेयर सदस्य लगायत स्थानीय दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
नगरपालिका भित्र रहेका विभिन्न सहकारी संस्थाहरु आफ्नो ब्यानर सहित सहभागी भएर नगरपालिकाको परिसर बाट शुरु भएको र्यालीले मौलिक बाजा सहित नगर परिक्रमा गरे पश्चात समरा गार्डेनको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो। काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका ब्यबस्थापक अरुण कुमार तिवारीले बर्तमान सहकारीको अबस्था,जन मानसमा परेको प्रभाव,सहकारी ठगी र भ्रमहरु,सहकारीले समाजमा प्रदान गरेका प्रभावकारिता,संस्थाका हरेक गतिबिधि, योजना नियम कानुन,बचत लगानी,अहिले को समस्या र समाधान लगायतका बारेमा स्पष्ट पार्नु भएको थियो।
शंखरापुर नगर सहकारी शाखा प्रमुख थमु नारायण भण्डारीद्वारा सहजीकरण गरिएको कार्यक्रममा नगर प्रबक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले स्वागत मन्तव्यद्वारा सम्पुर्णलाई स्वागत गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले शुभकामना मन्तव्य राख्दै सहकारी संस्थाको अबस्था सोचे जस्तो नहुनुमा सहकारीका सात विश्वव्यापी सिद्धान्तहरूलाई पालना गर्न नसक्नु नै हो।त्यसैगरी सहकारीले छोटो समयमै मोटो आम्दानी आय आर्जन गर्ने महत्वाकांक्षा हुनु, सदस्यहरूबाट बचत भएको पैसालाई जमिन किनेर चलायमान रोकिनु,ग्रामीण क्षेत्रका सदस्यहरुमा ऋण लिन पाईन्छ भनेर सहकारीमा आवद्ध हुनु,तीन खम्बे अर्थ नीतिको ज्ञान नहुनु जस्ता रहेको बताउनु भएको थियो।सहकारी संस्थाहरुबाट स्व नियममा रहि प्रवाह गरिएको सहकारीको ऋण असुलीमा नगरपालिका द्वारा सहयोग गरिने प्रतिबद्धता समेत जनाउनु भएको थियो। अधिकृत धितालले नगरपालिका भित्रको सहकारी बिकास र नियमनका लागि आउँदो बजेट तथा नीति कार्यक्रममै सुनिश्चित गरिने जानकारी गराउदै सहकारी स्थापनाको ६७ औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो।
त्यसैगरी नगर उप प्रमुख समिता श्रेष्ठले सहकारी सञ्चालक तथा बचत कर्ता समेत स्थानीय भएकोले यो ठाँउ छोडेर कतै जान नसक्ने बताउदै ऋण लिएको ब्यक्तिले तिर्नै पर्ने र सहकारीले समेत समय परिस्थिति अनुसार केहि अवधी प्रदान गर्नु पर्ने बताउनु भयो।उहाँले सहकारीले ऋण प्रवाह गर्दा प्रमाण र प्रक्रिया बलियो हुनुपर्ने,ऋण कुन प्रयोजनले लिइएको हो? भने बमोजिमको काम भैरहेको छ वा छैन ? भन्ने बिषयमा संस्थाले निगरानी गर्नुपर्ने बताउनु भयो। सहकारीले शिक्षा, स्वास्थ्य,ज्येष्ठ नागरिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिई समाज परिवर्तनमा सकारात्मक भुमिका समेत निर्वाह गर्दै आएकोमा धन्यबाद ब्यक्त गर्दै विभिन्न आइपर्ने परिस्थितिलाई मध्येनजर गर्दै बचत कर्ताले सहकारीमा बचत गर्ने भएको हुँदा बचत कर्ताको गोपनीयतालाई समेत ध्यान दिनुपर्नेमा सुझाव दिनुभएको थियो।
कार्यक्रमको अन्त्यमा नगर प्रमुख रमेश नापितले नगरपालिका भित्र रहेका विविध विषयहरुलाई समेट्दै नगरपालिकाले ऋण लिए पछि तिर्नुपर्छ भन्ने सुचना जारी गर्दा सबैले गलत तरिकाले बुझेर नेगेटिभ धारणा राखेको बताउनु भयो।उहाँले ऋण लिए पछि समयमै तिर्नुपर्नेमा समेत आग्रह गर्नुभएको थियो।नगर प्रमुख नापितले राज्यले देशमै रोजगारी सृजना गर्न नसक्दा युवाहरु बिदेश पलायन हुने क्रम बढ्दो छ।साच्चिकै हामिले यश विकराल अबस्थामा मिलेर अगाडि बढ्न नसक्ने हो भने यसको परिणाम भयाभह आउन सक्छ।देशमा भएको संघियता सहितको ब्यबस्था नै गलत भएकोले दिन प्रतिदिन देशको अबस्था नाजुक बन्दै गएको समेत बताउदै ६७ औं सहकारी स्थापना दिवसको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गर्नुभएको थियो।