दोहा : नेपाली दूतावास कतारले दोहा एक्स्पोमा रहेको "नेपाल पेभिलियन" सञ्चालन तथा नेपाल डेमा उपस्थिति विभिन्न व्यक्तित्व सहित सहयोग गर्नेलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
एक्सोपोमा नेपालसहित ८० भन्दा बढी देशको सहभागिता रहको थियो भने नेपाल पेभिलियनसमेत संचालन रहेको थियो ।
अक्टोबर २ मा उद्घाटन गरेको ‘दोहा एक्स्पो २०२३’को बिहीबार औपचारिकरूपमा समापन गरिएको छ ।
दूतावासको सभा हलमा सम्पन्न कार्यक्रममा नेपाल डेमा सांगीतिक प्रस्तुति दिने कलाकारहरू, कतारमा रहेका विभिन्न सहयोगी सामाजिक संस्थाहरू , पत्रकारसहित आयोजक संस्थाका विभिन्न व्यक्तित्व हरु सम्मानित भएका हुन् ।
दूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीले कार्यक्रमको सहजीकरण गरेका थिए भने कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले ६ महिना लामो समयसम्म सञ्चालित एक्स्पो र पेभिलियनमा पुगेर साथ सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरेका थिए ।
एक्स्पोमा नेपाली चिया, जडीबुटी हर्बल, अलैँची, अदुवा, नेपालमा बनेका कपडा, ब्याग, जुत्तालगायतका वस्तुहरू राखिएका थियो ।
कार्यक्रममा बाग्लुङका राजेन्द्र कुमार शर्मालाई पर्यटन प्रवर्द्धक नियुक्त गरिएको पत्र राजदुत ढकालले हस्तान्तरण गरेका थिए ।
एक्स्पो भव्यतापूर्वक सम्पन्न गर्न त्रिपक्षीय सम्झौता गरिएको थियो । जसमा नेपाली दूतावास, नेपाली व्यवसायी सङ्घ र गैरआवासीय नेपाली सघ कतार रहेका थिए ! नेपाली राजदूतावास बाट कमिस्नर जनरल कृष्ण कुमार सुबेदी र डेपुटी कमिस्नर जनरल कृष्ण पन्थीलाई जिम्मेवारी प्रदान गरिएको थियो l एक्स्पो भव्यतापूर्वक सम्पन्न गर्न गैरआवासीय नेपाली संघ कतार र नेपाली व्यवसायी सङ्घ कतारको अहम् भूमिका रहेको थियो l