मुग्लानि खबर ३ असार
२ वर्ष अघि कान्छाराम तामाङको अध्यक्षतामा स्थापना भएको संस्था म्हेन्दोमाया समाज कतारको दोस्रो अधिबेसनबाट अध्यक्षमा प्रकास माम्बा तामाङ सहित २१ जनाको नयाँ कार्यसमिति निर्बाचित भएको छ ।
"भाषा,धर्म,लिपी,भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान"भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा रहेर म्हेन्दोमाया सस्कृतिलाई उजागर गर्ने हेतुले स्थापना भएको सस्थाले दोस्रो अधिबेसन सफलता पुर्बक सम्पन गरेको हो ।
दोहा स्थित स्वागतम होटेलको सभाहलमा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष कान्छाराम तामाङको सभापतित्वमा कार्यक्रममा भएको थियो भने प्रमुख अतिथि नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ रहेका थिए ।
अन्य अतिथि हरुमा छिमेकी मार्ट लिमिटेडका चियर मेन संखलाल तामाङ, तामाङ समाज कतारका बिशेस सल्लाकार माइला वाइबा तामाङ, सल्लाकार रोसन दोङ तामाङ,सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कु.याक्थुम्मा,स्वागत होटेलका म्यानेजर तथा जरो र किलो महा अभियान कतार शाखाका संयोजक नवल किसोर गिरि सगु प्रडकसनका गणेश अधिकारि,सन्ध्याग्रुप खेलकुद प्रमुख राज रुजाल, नेपाल तामाङ कलाकर संघका अध्यक्ष वाङजु लामा लगायत विभिन्न समाज सेवी बुद्दीजीवि हरुको बाक्लो उपस्तिथी रहेको थियो। सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान गाउँदै सुरु भएको कार्यक्रम २ चरण गरि सम्पन्न भएको थियो ।
म्हेन्दोमाया समाजका सल्लहाकार थर्च लामा तामाङले म्हेन्दोमायाको बारेमा छोट्करिमा ब्याख्या गरे पस्चाद उपस्थित अतिथि हरुले मन्तब्यको क्रममा बिगतमा ३ जिल्लामा मात्रै रहेको म्हेन्दोमाया सस्कृति आज नेपालका बिभिन्न जिल्ला संगै प्रवासका मरुभूमिका फाट देखि यूरोप अमेरिका सम्म पुगेको बताउदै,आउने युवा पिढीहरुलाई पनि म्हेन्दोमाया सस्कार सस्कृति प्रति बुझाउदै लैजानु पर्ने बताए ।
२ वर्षको अबधिमा म्हेन्दोमाया समाज कतारमा स्थापना गरेर सस्थाले धेरै उल्लेखनिय प्रगति गरेको बताउँदै पुरानो समितिले गर्न बाँकि रहेका कामहरु आउने नयाँ कार्यसमितिले पुरा गर्दे जावोस भनि बधाई सहित शुभकामना मन्तब्य राखेका थिए ।
म्हेन्दोमाया समाज कतारले २०१७ मा गरेको बृहत म्हेन्दोमाया साँझ कार्यक्रममा सहयोग गर्ने सहयोगी दाता र कार्यक्रममा नृत्य प्रस्तुत गरेका कलाकार लाई पनि संस्थाले सम्मान पत्रको साथमा खादाले सम्मान गरेको थियो ।
सस्थाले २०१६ देखि २०१८ को अवधिमा गरेका प्रगति प्रतिवेदन महासचिव अमृत तामाङले र त्येस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौतम तामाङले तथा संसोधित विधान सस्थाका सल्लाकार थर्चा लामा तामाङले प्रस्तुत गरेका थिए।
पहिलो चरणको कार्यक्रमको अन्त्यमा सभापति कान्छालामा तामाङले संस्था संचालनमा आफुलाई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यबाद दिदै यति धेरै खटी कार्यक्रम सफल पार्नुहुने सम्पूर्ण कार्य समितिका सदस्यहरु, सल्लाहकारहरु प्रतिपनि आभार व्यक्त गरेका थिए हिजोका दिनमा जसरि सस्थाले आफ्नु शिर झुक्न दिएको थिएन आउने दिनमा पनि यसले निरन्तरता पाउने कुरामा ढुक्क रहेको बताए ।
अन्त्यमा सम्पूर्ण आमन्त्रित अतिथि गणलाई धन्यबाद दिदै आउने नया कार्य समितिलाई कार्यकाल सफलताको सुभकामना सहित पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।
म्हेन्दोमाया समाज कतारको दोस्रो अधिवेशनबाट चुनिएका नयाँ कार्यसमिति ।
अध्यक्षः प्रकास मम्वा तामाङ (नुवाकोट)
प्रथम उपाध्यक्षः गौतम तामाङ (धादिङ)
व्दितिय उपाध्यक्षः सञ्जय डिम्डुङ तामाङ (नुवाकोट)
महासचिवः अमृत तामाङ (धादिङ)
सचिवः कुमारि तामाङ (सिन्धुपाल्चोक)
कोषाध्यक्षः विनोद गोले (धादिङ)
सह-कोषाध्यक्षः रविन्द्र तामाङ (नुवाकोट)
सदस्यहरु क्रमस
मान बहादुर तामाङ (नुवाकोट), कुसुम लोप्चन तामाङ (नुवाकोट),सुवास तामाङ (धादिङ),बुध्दि लामा तामाङ (धादिङ),पुष्पा तामाङ (धादिङ),सामराज तामाङ (नुवाकोट),सिकेन्द्र तामाङ (नुवाकोट),गोपाल तामाङ (धादिङ),समिरा थोकर तामाङ (चितवन),अस्मिता घिसिङ तामाङ (दोलाखा) राम लामा तामाङ (रसुवा) सोनाम मोक्तान (रसुवा) कार्सिङ्गि तामाङ (कर्म सिङ तामाङ) (रसुवा) ।
उक्त कार्यक्रमको निर्वाचनमा संयोजकमा शंखलाल तामाङ, रहेका थिए भने अन्य सदस्य हरुमा मिलन तामाङ, रोशन दोङ तामाङ,नेत्र तामाङ,असोक श्याङतान, र पर्यबेक्षकको रुपमा बिरेन्द्र कुमार याक्थुम्बा,गणेस अधिकारि,वाङजु लामा,राज रुजाल रहेका थिए ।
अन्त्यमा नबनिर्बाचित अध्यक्षले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगी बढाउने प्रतिबद्धता जनाउदै अधिबेशन सम्पन्न भएको बताएका थिए भने उक्त कार्यक्रमको संचालक सचिव कुमारी लामा ले संचान गरेकी थिन भने स्वागत मन्तब्य पुर्व महासचिव श्री पाखिङ तामाङले गरेका थिए ।
नव निर्बाचित अध्यक्ष : प्रकास माम्बा तामाङ