दोहा : रोल्पा जलजला सेवा समाज, कतारको ११ औं अधिबेशन सनैया स्थित रेडचिल्ली रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ।
"रोल्पालीको एकता, आजको आवश्यक्ता " भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै अगाडि बढेको समाजले बलाराम जैसीको अध्यक्षतामा ५९ जनाको नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो ।
जसमा प्रथम उपाध्यक्ष शिवलाल के सी,द्वितीय उपाध्यक्ष कृष्ण घर्ती तृतीय उपाध्यक्ष चन्द्र बहादुर जिसी, महिला उपाध्यक्ष कमला गुरुङ ,महासचिव गंगा बुढा, सचीव दुर्गा पुन ( दिलिप )कोषाध्यक्ष दल बहादुर डांगी, सह-कोषाध्यक्ष अनिल केसी रहेका छ्न ।
सदस्यहरु क्रमश दिपक जैसी , शेर बहादुर ओली, मनिराम जैसी, होम बहादुर बि.क,पुर्ण बहादुर बि.क,जोखे बि.क,रमेश पुन, प्रकाश गोसाइ, गणेश गुरुङ , अमर रोका क्षेत्री, भिम प्रकाश कार्की,सुशील घर्ती,नरेन्द्र के सी , इश्वर जिसी, सुनमती पुन,सरु डंगोल, रमिता सुनार , दिपक जिसी, चन्द्र घर्ती ,लक्ष्मी , भुवन पुन, राजु सुनार,जग बहादुर रोका ,जमुना घर्ती, निर्मल घर्ती मगर छ्न
त्यसैगरि कुमार घर्ती क्षेत्री, केशरी परियार, भावना मगर, उषा परियार, बाल किरण घर्ती, गिरमान बि.क,कल्पना परियार , हुकुम बि.क, हिमाल बिष्ट जानकी डांगी,वीर बहादुर खड्का , याम बहादुर बिष्ट , रेग बहादुर गिरी ,अरुण गिरी ,प्रकाश परियार ,पुर्ण पोख्रेल , बसन्त बिष्ट, ठमन बिष्ट,दुर्गा बहादुर रोका क्षेत्री, जनक जि.सी राज कुमार जि.सी,धन बहादुर घर्ती,रेशम घर्ती, झपेन्द्र खड्का, करण पुनको नयाँ कार्यसमितीमा आएका छ्न ।
निर्वाचित पदाधिकारीलाई निर्बाचन समितिका संयोजक सुर्य बहादुर बिकले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
समाजका अध्यक्ष देवराज पुनको सभापतित्वमा प्रमुख अतिथि लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे रहेका थिए । कार्यक्रममा एनआरएनए कतार प्रतिनिधि लगायत विभिन्न बैचारिक सङ्गठनका प्रतिनिधि ,कलाकार,बुद्धिजिबी पत्रकार लगाएत रोल्पाली दाजुभाइ तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।
शुभकामना मन्तव्यको विभिन्न बक्ताहरुले रोल्पा जलजला सेवा समाज कतारले यहाँ रहेका श्रमजिवि नेपाली हरुको सेवाको प्रशंसा गरेका थिए । सामाजिक संस्था संग समन्वय गरि प्रवासमा गर्न सकिने सामाजिक कार्यहरूमा हातेमालो गरी एक जुट भएर अगाडि बढिरहेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा समाजलाई विभिन्न समय सहयोग गर्ने सहयोगी ब्याक्तित्व, कलाकारलाई स- सम्मान सहित कदर र प्रशंसा पत्रले सम्मान गरेको थियो।
कार्यक्रमको समापन गर्दै सभापति देवराज पुनले कार्यक्रमको निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।औंपाचारिक कार्यक्रमको सहजीकरण शिव लाल केसीको गरेका थिए
।