मुग्लानी खबर २ असार
ट्राक्श युथ ग्रुप अलखोर कतारले इस्लामिक हरुको महान पर्ब इद अल फितरको पुनित अवसरमा कतारको अलखोर स्थित बारुवा श्रमिक फुटबल स्टूडियममा आज सुक्रबार आयोजना गरेको तेस्रो मैत्रीपुर्ण बृहत फुटबल प्रतियोगिता भब्यताका साथ उत्घाटन भएको छ ।
ट्राक्श ग्रुपका अध्यक्ष प्रविन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिका अध्यक्ष थर्चा लामा रहेका थिए त्यस्तै बिशेष अतिथिहरुमा नेपाली फुटवल टिम कतारका कोच संजिव वाइबा, सस्थाका प्रमुख सल्लहाकार सुर्य गुरुङ,सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बा,ओखल ढुंगा सेवा समाजका अध्यक्ष अशोक शयाङतान,अनेसास कतार च्याप्टरका प्रथम उपाध्यक्ष तथा साहित्यकार प्रेम प्रसाद भट्टराई,परदेसी जीवन लघु कथाका निर्देसक तथा क्यामरा मेन सुरज तामाङ नेपाली फुटबल टिमकै कोच मिलन खत्री लगायतका रहेका थिए ।
अन्य अतिथिहरुमा नेपाल तामाङ कलाकार संघकि सह कोषाध्यक्ष सबिना लोप्चन,पुर्व महाचिव सबिन तामाङ,सल्लाकार सबिन तामाङ,नेपाल प्रवासी तामाङ समाज कतारका कोषाध्यक्ष नेत्र तामाङ,प्रवासी नेपाली मंच अलखोर अध्यक्ष खेमराज सुबेदी लगायत राज रुजाल,राज परियार,लमजुङ सेवा समाजका उपाध्यक्ष खुसिमान गुरुङ लगायत बिभिन्न सामाजिक ब्याक्तित्व,बुद्दिजिबि र फुटबल प्रेमी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
रास्ट्रिय गीत पश्चात उक्त खेलको ब्यानर रिबन काटेर प्रमुख अतिथि सभापती र बिशेष अथितीहरु बाट उद्घाटन गरिएको थियो भने औपचारिक कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य सस्थाका पुर्व सचिव मिनकुमार मगरले राखेका थिए ।
उक्त फुटबल खेलको उत्घाटन कार्यक्रम एकदमै ब्याबस्थित देखिन्थ्यो,स्टेजमा सिल,मेडल, ट्रफि र ब्यानरले सु-सजित थियो भने अगाडीको ठिक दुवै साइडमा नेपालको झण्डा र कतारको झण्डा फरफराएको थियो भने अथीति हरुलाई स्वागतगर्ने तरिकापनि गज्वजको थियो ।
कतारमा बिबिध कामको बाबजुटपनि नेपाली समुदाय लाई एकाबद्दता साथै इदको छुट्टीपनि सदुपयोगह हुनेहुदा नेपाली दर्सकहरु हर्सित देखिन्थे नकआउटको आधारमा खेलाइएको खेल साँझ ६:३० बाट शुरु भएको थियो भने रातको १ बजेसम्म संचालन रहने आयोजकले जनाएको छ ।
सहभागी ४२ टिम मध्ये पहिलो उत्घाटन खेलमा आयोजक सस्थाको टिम ट्राक्श युथ ग्रुप ए र इलाइट ए टिमको बिच खेल भएको थियो भने जस्मा ट्राक्श युथ ग्रुप ए ले इलाइट ए लाई ६ को बिरुद्द १ गोलले जित्न सफल रह्यो । उक्त खेलको मेन अम्पायरको रुपमा जेरी राइ थिएभने लाइन्समेनमा हर्क बस्नेत र मिनले गरेका थिए ।
आयोजक टोलीका प्रतीनिधिहरुले मौसमले जसरी राम्रो साथ् दिइरहेको छ त्यसरी नै खेलाडीहरुको अनुसाशीत रुपमा खेल प्रदर्शन गर्छन र खेलाडीहरु नेपालमा जिल्ला स्तरदेखी क्षेत्रिय र राष्ट्रिय स्तरसम्म खेलीसकेका खेलाडीहरु खेलमा सहाभागी छन् र खेल निक्कै प्रतिस्पर्दा भएको र त्यसरी नै दर्शकहरुले उत्साहपूर्ण ध्यान दिएर खेलको माहोलमा रौनकता र मनोरञ्जन थपेको बताएका थिए ।
करिपन ३ दिन सम्म लगातार फुटबल खेल खेलाउदै अन्तिम फाइनल खेल अझै भब्यर सभ्य तरिकाले सम्पन्न गर्ने आयोजक संस्था ट्राक्श युथ ग्रुप अलखोर कतारले जनाएको छ । उक्त कार्यक्रमको औपचारिक संचालन राजु खडका र रोशन तामाङले गरेका थिए ।