दोहा : सन्ध्याग्रुप अलखोर कतार अन्तर्गत साहित्यिक विभाग मुग्लानी सौगातको ९२ औ वाचन डबली अल्खोर स्थित गाउँबेशी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
संस्थाका का.वा अध्यक्ष सन्तोष केसीको सभापतित्व तथा संरक्षक प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा विषेश अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली ,सल्लाहकार अर्जुन पौडेल लगायत एनसिसि कतारका पुर्व महासचिव पदम गिरि अल्खोर सुपर टिम बाट लक्ष्मी शुन्दर श्रेष्ठ, बालु परियार लगायत अनेसास नबोदितका साहित्यकार हरुको उपस्थिति रहेको थियो ।
'साहित्य जीवन र जगतको दर्पण हो' भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै मासिक रुपमा हुँदै आएको वाचन शृङ्खला केही समय देखी रोकिएको लाई निरन्तरता दिदै ९२ औ वाचन डबली भएको हो।
संस्थाका सल्लाहकार अर्जुन पौडेलको स्वागत मन्तव्य पश्चात् आफ्ना रचना बाचन गर्नेहरुमा सानू थपलिया, रमेश भट्टराई,लिलानाथ घिमिरे, पदम गिरि, शाेभाराम वलि,टेक राज थापा, शेखर बस्नेत, इसिलाल पन्डित,कन्चन श्रेष्ठ, राम प्रसाद पराजुली लगायतले साहित्यिक सृजनाहरु वाचन गर्दा सभाहल पुरै साहित्यकमय बन्यो ।
कार्यक्रमका प्रमुख अतिथी तथा संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराईले नेपाली साहित्य, गजल, मुक्तक लेखनका नियमका बारेमा चर्चा गर्दै आफ्ना दुई गजल वाचन गरि साहित्यिक माहोल तताएका थिए ।
सभापती का.बा अध्यक्ष सन्तोष केसीले साहित्यिक रचना वाचन गरि कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै ९२ औं डबली भब्यताका साथ सम्पन्न भएको घोषणा गरेका थिए।