: प्रवासी नेपाली मञ्च कतारको बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
"कतारमा रहेका नेपालीहरूको सङ्गठन मध्ये अग्रपङ्तीमा रहेको " प्रवासी नेपाली मञ्च कतारले" एक औपचारिक कार्यक्रमको आयोजना गरि सङ्गठनको आन्तरिक एकतालाई अझै सुदृढ बनाउन तथा आपसी चिनजान / सम्बन्ध विस्तारको निम्ति २०२४ मार्च, १ तारिक शुक्रवार आन्तरिक बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा मञ्च संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज, कमलमणि गुरागाईंको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा, प्रवासी नेपाली मञ्च कतारका सल्लाहकार परिषद का पदाधिकारी एवम् सदस्य हरु , विभाग तथा फाँटका जिम्मेवार व्यक्तित्वहरु , नगर कमिटीका अध्यक्ष तथा पदाधिकारी एवम् सदस्य, साथै समस्त सङ्गठित सदस्य लगायत करिब २०० भन्दा बढी सङ्गठित सदस्यहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान तथा सम्पुर्ण सहिदहरु प्रति १ मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई कार्यक्रम संयोजक तथा मञ्च का उपाध्यक्ष अफसर अलि खानले स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए।
अल समाल रोड स्थित मजरामा सम्पन्न कार्यक्रममा जन संगीत मञ्च कतारका विभिन्न कलाकारद्वारा मनोरञ्जन गराइएको थियो। बनभोजको छुट्टै आनन्द लिंदै जाडोको मौसमले गित संगितमा रम्न अझ बल पुर्याएको थियो।
प्रमुख अतिथि मञ्च संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज, कमलमणि गुरागाईंले मन्तव्य राख्दै मञ्च स्थापना गर्नुको औचित्यलाई पुष्टि गर्दै रोजगारीको निम्ति कतार आएका सबै नेपालीको साझा चौतारी प्रवासी मञ्च रहेको उल्लेख गरे उनले हरेक श्रमिक नेपालीलाई सुखदुःखको समय आपत बिपत्तिको समयमा साथ सहयोगको निम्ति मञ्च स्थापना गरिएको बताए ! गुरागाईंले मञ्चका पछिल्लो समय सामाजिक संघसंस्था एनआरएनए लगायतमा उपस्थिति राम्रो रहेको बताउदै मञ्चलाई आगामी दिनमा उत्कृष्ट, बनाउन त्यसतर्फ ध्यान पुर्याउन आग्रह गरेका थिए ।
कार्यक्रममा मञ्चका केन्द्रिय सदस्य बिजय मगरले कतारलाई बिट मार्ने क्रममा रहेकाले उनलाई खादा, र मञ्चलाई पुर्याएको उल्लेखनीय योगदानको निम्ति सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा केन्द्रबाट आएका नयाँ सदस्यता पत्र पनि बितरण गरिएको थियो ।
कार्यक्रम समापनका क्रममा अध्यक्ष प्रभात त्रिपाठीले यो बनभोज कार्यक्रम विशेष गरेर मञ्च आबद्ध नयाँ साथीहरु सहित अन्य ब्याक्तित्व हरु सङ्ग चीनजान गर्ने उदेश्यले गरिएको बताए । त्रिपाठीले मञ्चले आयोजना गरेको आजको कार्यक्रम सफल भएको उल्लेख गरे ।
बनभोज ब्यबस्थापन, यातायात ब्यबस्थापन, अतिथि सम्मान लगायतका बिषयमा जिम्मेवारी निभाउने सहयोद्दाहरु प्रती मन्तव्यका क्रममा हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।कार्यक्रमको सहजकर्ताको भुमिकामा मञ्चका सचिव बिनेश तामाङ रहेका थिए।