दोहा : नेपालको बिरगञ्जमा वर्षौंदेखि जीर्ण अवस्थामा रहेको "बिरगञ्ज औद्योगिक कृषि औजार कारखाना पुन: सञ्चालनको लागि कतारबाट थप सहयोग पठाइएको छ ।
डा : महाबिर पुनको “हाम्रो अभियान, स्वदेशमा उत्पादन” मातृभुमि बनाउछु भन्ने अभियानमा साथ दिदै १ कतारी रियल संकलन कार्यक्रम अन्तर्गत शुक्रबार (४ संस्थाबाट जम्मा करि - १६०३ कतारी रियल सहयोग संकलन गरिएको अभियान संयोजक गजेन्द्र खालिङ राईले मुग्लानी लाई जानकारी गराए ।
उदयपुर मार्फ ४१०, नबलपरासी मार्फत ५४९, सिन्धुलि सेवा समाज र लमजुङ सेवा समाज बाट संयुक्तमा ६४४ गरि जम्मा (१६०३) कतारी रियल, नेपाली रुपैयाँ (५७६५०) सन्ताउन्न हजार छ सय पचास जम्मा गरिएको र उक्त रकम रास्ट्रिय आविस्कार केन्द्रको खातामा जम्मा गराइएको राइले जानकारी गराए ।
२०२४ – फेब्रुअरी – १६ तारीक देखी सहयोग सङ्कलन सुरु गरेको र सोही दिन नेपाल तामाङ घेदुङ कतार कार्यसमितिले आयोजना गरेको ल्होछार कन्सर्ट कार्यक्रममा करिब २ घन्टा समय अबधिभर चलाइएको १ रियल अभियानमा कतारी रियल – ४,२१०/- (चार हजार दुइ सय दश) अर्थात नेपाली रुपैयाँ – १,५२,१८१/- (एक लाख बाउन्न हजार एक सय एकासी रुपैयाँ सङ्कलन गरी राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको थियो ।
अभियान १ रियल सङ्कलनको भए ता पनि सहयोगीहरुले आफ्नो सो इच्छाले १ रियल भन्दा धेरै पनि सहयोग गरेका गरेका थिए ।
साथै सहयोग सङ्कलनको लागि साथ दिने सेवक घटाने, सन्ध्या अर्याल, मनुरा थुलुङ राई, प्रेम तामाङ, दिपा सुनुवार , दिनेश शंकर,बिनोद राना मगर, रबिना मगर लगायत चारै संस्था प्रती विशेष धन्यवाद व्यक्त गरिएको अभियान संयोजक राइले बताए । राइका अनुसार यो अभियान अझै केही समय सम्म कतारमा चलाइने छ ।
अभियानता ब्याक्तीहरुको सम्पर्क नम्बर
१, गजेन्द्र खालिङ - 31221886
२, सेवाक घतानि - 33871314
३, अङ मिङमिमार शेर्पा -30077519
४, मणिराज स्याङ्तान - 50282236
५. बिबश लिम्बु - 50455582 रहेको छ ।