दोहा : "नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा शुक्रबार दोस्रो चरण अन्तर्गत स्थानिय कलाकार हरुको विशेष साङ्गितिक प्रस्तुतिमा मञ्जूश्री `संम्वत् २८६० सोनाम ल्होछार डुक ल्हो (मु पुख्री)´ "बृहत साँस्कृतिक कार्यक्रम" सहानिय स्थित (अलदोसरी गार्डेन ) मा सम्पन्न भएको छ ।
समाजले पहिलो चरण अन्तर्गत १६ फेब्रुअरी २०२४ शुक्रबारका दिन नेपालबाट आमन्त्रित बरिस्ठ संस्कृतविद तथा अनुसन्धानकर्ता अजितमान तामाङको विशेष आतिथ्यमा सोनाम ल्होछार के हो ? ल्होछार किन र कसरी मनाइन्छ ? तामाङ संस्कार र संस्कृति ल्होछार महत्व, सम्बन्धी प्रशिक्षण तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको थियो ।
दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा कलाकारहरुले स्वागत नृत्य तथा "साङ सेरगेम" प्रस्तुत गरेका थिए । तामाङ समुदाय र संस्कृती अन्तर्गतको जागरण गीतमा झाँकी प्रदर्शन रहेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक अस्मिता घिसिङ तामाङको रहेको थियो । भने समाजको संस्थागत धारण "गतिविधि " प्रमुख सल्लाहकार धिरेन तामाङले राखेका थिए ।
नेपाल मगर संघ कतार शाखा कतार, थारु कल्याण सभा कतार च्याप्टर, तमु गुरुङ समाज कतार , तमु प्हे ल्हु संघ कतार, सेर्पा किदुग दोहा कतार र किरात मुल समारोह आयोजक समिति अन्तर्गत सुनुवार र राईले आयोजक संस्थालाई विभिन्न कोशेली प्रदान गरेका थिए ।
समाजले शुभकामना आदानप्रदान कार्यक्रम गत हप्ता नै सकाएपनि केही विशेष आथित्य हरुलाई मन्तव्य राख्न मन्च प्रदान गरेको थियो । समाजको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बरिस्ठ संस्कृतविद तथा अनुसन्धानकर्ता अजितमान तामाङले कतारमा ल्होछार पर्व मनाइरहदा केही विशेष देखिएको बताए ।
आफ्ना पर्व मनाइरहदा एक अर्का जाति बीच कोशेलि आदानप्रदान गर्दा विशेष सँस्कार झल्किएको बताए । यही संस्कार,सस्कृतीको कारण हामी बीच आत्मियता, भाइचारा, सद्भाव रहेको बताउदै संस्कृतविद तामाङले कतारमा सिकेको परम्परा अब टुडिखेलमा पनि लागु गर्नुपर्नेमा जोड दिए ।
ल्होछार पर्वलाई योबर्ष देखी संयुक्त रास्ट्र संघले समेत मान्यता प्रदान गरेको हुँदा नेपाल, भारत चाइना लगायत केही देशमा मनाउने ५००० बर्ष भन्दा पुरानो यो पर्व अब बिश्वले मान्ने बताए ।
एनआरएनए कतारका महासचिव रबिन मगरले प्रवास कतारमा रहेर पनि मौलिक रास्ट्रिय चाड सोनाम ल्होछार मनाउन पाउदा खुशी व्यक्त गरे । मगरले एनसीसी कतारले सबै धर्म चाडबाड लाई विशेष महत्त्व राख्ने बताउदै आउदो इदपछि शुभकामना आदानप्रदान कार्यक्रम राख्न लागिएको बताए ।
प्रमुख अतिथी नेपाल आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने तामाङ समाज परिवारलाई आभार प्रकट गर्दै सोनाम ल्होछारको शुभकामना दिएका । उन्ले आफ्नो मौलिक संस्कार सस्कृती,रितिरिवाज परम्परालाई जिवन्त राख्न गरिएको कार्यक्रम अत्यन्तै सह्रानिय रहेको बताए।
कार्यक्रममा कलाकार संयोजक गायक कुमार ओख्रेली, गैरआवासीय नेपाली तारा-२०२३ गायन विधाका विजेता रुस्तम तामाङ र नृत्य विधाका उपविजेता सरोज लामा, गायिका सरला तामाङ लगायत दुई दर्जन बढी स्थानियकलाकारले तामाङ जातिको संस्कार–संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।साथै कलाकाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष कार्यक्रमका सभापती सुबास तामाङले बोल्दै उपस्थित सम्पुर्ण विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्नुहुने अतिथि हरु, कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पार्ने कार्यसमिती तथा बिभिन ठाउँ बाट योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन भएको बताए ।
सन २००५ मा कतारमा स्थापना गरिएको सस्थाले सक्रिय रुपमा तामाङ जातिको भाषा,कला,धर्म,संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रम साथै मौलिक सोनाम ल्होछार चाड भब्य तरिकाले मनाउँदै आएको छ । संस्थाका सचिव श्री पाखृङ तामाङले सहजीकरण गरेकाथिए ।