दोहा : "नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा भोलि शुक्रबार दोस्रो चरण अन्तर्गत `सोनाम ल्होछार´बृहत साँस्कृतिक कार्यक्रम सहानिय स्थित (अलदोसरी गार्डेन ) मा हुने भएको छ ।
समाजले पहिलो चरण अन्तर्गत १६ फेब्रुअरी २०२४ शुक्रबारका दिन नेपालबाट आमन्त्रित बरिस्ठ संस्कृतविद तथा अनुसन्धानकर्ता अजितमान तामाङको विशेष आतिथ्यमा सोनाम ल्होछार के हो ? ल्होछार किन र कसरी मनाइन्छ ? तामाङ संस्कार र संस्कृति ल्होछार महत्व, सम्बन्धी प्रशिक्षण तथा शुभकामना आदान–प्रदान कार्यक्रम सकिएको बताएको छ ।
दोस्रो चरण अन्तर्गत बृहत २३ फेब्रुअरी २०२४ शुक्रबार गैरआवासीय नेपाली तारा-२०२३ गायन विधाका विजेता रुस्तम तामाङ र नृत्य विधाका उपविजेता सरोज लामा, गायिका सरला तामाङ लगायत तामाङ जातिको संस्कार–संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक कार्यक्रम सहित स्थानिय कलाकार हरुको उपस्थितिमा बृहत मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजक संस्था नेपाल प्रवासी तामाङ समाज कतारले जनाएको छ ।
समाजका अनुसार मन्जुश्री संंम्बत (२८६० ) सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रमको लागि कतारका यी ठाउँबाट यातायातको ब्यबस्था गरिएको जनाएको छ ।
तामाङहरुको महान चाड ( ह्योई ल्हो (तावार,बिरालो) वर्गको बिदाई र डुक ल्हो (मु पुख्री) गडुल वर्ग लाई स्वागत) गर्दै मञ्जूश्री सम्वत् २८६० सोनाम ल्होछार डुक ल्हो (मु पुख्री) गडुल वर्गको शुभ अवसरमा नेपाल प्रवासी तामाङ समाज कतारले दुई चरणमा ‘‘तामाङ संस्कार - संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं तामाङ जातिको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार घर–घरमा मनाऔं” भन्ने मुल नारालाई आत्मसाथ गरि सकेको छ ।
उक्त कार्यक्रममा उपस्थितिको लागि दोहा कतारमा कार्यरत सम्पुर्ण तामाङ तथा गैर तामाङ ज्योज्यो आले नाना आङा हरुमा गरिमामय उपस्थितिको लागि कार्यक्रम आयोजक मूल समारोह समिति हार्दिक निमन्त्रणा गर्दछौं भनिएको छ ।