दोहा : "कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् : २००२ मा स्थापना भएको दोहा कतारको पुरानो संस्था कास्की आदर्श समाज कतारले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
मुस्लिम धर्मावलम्बिहरुको दोश्रो ठूलो पर्व बक्र ईदको अवसरमा मिति २७ जुन २०२३ मा उद्घाटन गरी कतारमा नेपालीहरु माझ अत्यन्तै लोकप्रिय खेल भलिबल " अन्तर नेपाली समुदाय खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२३" गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको समन्वयमा कास्की आदर्श समाज कतारले आयोजना गरेको उक्त भलिवल प्रतियोगिता लाई सफल बनाउनको लागि आर्थिक नैतिक र भौतिक सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष अग्निधर देवकोटाले मुग्लानी खवरलाई जानकारी दिनुभयो ।
त्यसैगरि अग्रेजी नयाँ बर्ष तथा नेपाली चाडहरुको अवसरमा शुभकामना आदान प्रदान पनि गर्ने उदेश्यले यहि मिति २०२४ फेब्रुअरी १६ तारिक शुक्रबारको दिन शुभकामनाआदान प्रदान तथा सम्मान कार्यक्रम-२०२४ न्यु सलता स्थित कतार च्यारिटीको सभा हलमा हुन गइरहेको देवकोटाले बताउनु भयो ।
उक्त कार्यक्रम भब्य सभ्य रुपमा सफल गराउन कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,सामाजिक अभियन्ता ज्युहरु, बुद्धिजीवी, ब्यबसायी एवम् पत्रकारहरु सन्चारकर्मी,कलाकार,खेलाडी साथीहरु साथै सँस्थाका संरक्षक संयोजक,संरक्षकहरु,संस्थाका सस्थापकहरु, सल्लाहकार प्रमुख, सल्लाहकार सदस्यहरु सस्थाका पूर्व पदाधिकारी तथा सदस्यहरु,सस्थाका आजिबन /मानार्थ /साधारण सदस्यहरु र कस्केली तथा गैर कस्केली नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, लगाएत सम्पुर्ण नेपाली जनहरुमा उपस्थिति भै कार्यक्रम सफल पार्न यहाँ हरुको उपस्थितिको लागि अनुरोध सहित हार्दिक निमन्त्रणा गरिएको संस्थाका सचिव बिष्णु तिमिल्सिनाले आग्रह गर्नुभयो ।