दोहा : गुल्मी सेवा समाज कतारले "२० औ बार्षिक उत्सव" सभ्य र भब्य रुपमा मनाएको छ ।
समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै "बार्षिक उत्सव तथा आन्तरिक बनभोज कार्यक्रम" सम्पन्न गरेको हो ।
कार्यक्रममा समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पान्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र बि एसले स्वागत मन्तव्य राखेका थिए ।
विधिगत उदघांट्न सहित अघि बढेकोकार्यक्रममा लुम्बिनी प्रदेश मातहतमा रहेका विभिन्न जिल्ला सस्थांका अध्यक्ष तथा प्रतिनिधि साथै कतारमा रहेका गुल्मेली तथा गैरगुल्मेलीहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो
कार्यक्रममा वक्ताहरुले गुल्मी सेवा समाज कतारले स्थापना काल देखी नै गृह जिल्ला तथा कतारमा विभिन्न सामाजिक कार्यमा गर्दै आईरहेको बताउदै खुलेर प्रशंसा गरेका थिए । समाजले बिगत लामो समय देखि
छात्रवृत्ति अभियान चलाएर गुल्मीका बालबालिकाहरुलाई शिक्षामा निकै ठुलो टेवा पुर्याएको वक्ताहरुको भनाई रहेको थियो
प्रमुख अतिथी पान्डेयले आफनो शुभकामना मन्तव्य बोल्दै प्रवास मा मात्र न भै गृह जिल्लामा समेत परि आउने विविध समस्यामा समाज सारथी बनेर उभिएको बताए। गुल्मीका बालबालिकाहरुलाई शिक्षा बाट बञ्चित हुने बाताबरण सिर्जना न होस भन्ने उद्धेश्यले समाजले बिगत लामो समय देखि छात्रवृत्ति अभियान चलाउदै आएको र थप निरन्तरता दिन समाजले चलाएका अभियानहरुमा सबैलाई जोडिन आग्रह समेत गरे ।
समाजका सह-सचिब कुमार राहादी मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै अर्यालले समाजले नितान्त सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै
कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटनुहुने र कार्यक्रममा उपस्थित गुल्मेली तथा गैरगुल्मेली सबैलाई हार्दिक धन्यवाद प्रकट गरे ।
" गुल्मी सेवा समाज कतारको प्रतिबद्धता,निस्वार्थ समाज सेवा आजको आवश्यकता" भन्ने मुल नाराका साथ सन: २००३ मा स्थापित संस्था कतार तथा गृह जिल्ला गुल्मीमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।