दोहा : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा तामाङ हरुको महान पर्व सोनाम ल्होछारको शुभ अवसरमा "ल्होछार कन्सर्ट २०२४ " हुने भएको छ ।
गत बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा ल्होछार कन्सर्टको लागि राजेश पायल राईसहित अन्य ३ जना कलाकारको सांगीतिक प्रस्तुति कतार आउन लागेका हुन ।
राईका अलावा तामाङ सेलो गायिका रेश्मा बन्जन तामाङ, म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा र गायक उमंग लामा कतार आउने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रम यही फेब्रुअरी १६ तारिकमा अल अरबी स्पोर्टस क्लबमा आयोजना हुने भएको छ । कार्यक्रममा सरिक हुन चाहनेका लागी कतारका विभिन्न स्थानबाट यातायातको व्यवस्था गरिएको कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले जानकारी दिए ।
कार्यक्रमको टिकट क्यु टिकट.कममा गएर अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको सम्मेलनमा जानकारी दिइयो । बिहान ११ बजे गेट खुल्ने र ठिक १२ः३० बजेबाट शुरु हुने कार्यक्रममा महिलाका लागि ५०, पुरुषका लागि ७५, भीआईपी १०० र परिवारका लागि ५०० रियालको टिकट लाग्ने छ ।
अध्यक्ष विकास लामाले कार्यक्रमको बारेमा जानकारी गराउदै गत बर्षको ल्होछार कार्यक्रममा भएको कम्जोर पक्षलाई मध्य नजर गरि यसपटकको कार्यक्रम अलिक बृहत र जनमुखी रहेको बताए ।
कतारलाई कर्मभुमि बनाएर बस्ने तामाङ समुदायहरु अनिवार्य उपस्थित भइ राष्ट्रिय पर्व मञ्जुश्री सम्वत २८६० (डुक) सोनाम ल्होछारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउन आयोजक संस्था बाट आह्वान गरिएको थियो