दोहा - दोहा : कर्णाली प्रदेश सेवा समाज दोहा कतारको आयोजना र नेपाली रक्तदाता संघ,कतारको समन्वयमा ९ फेब्रुअरी २०२ ४ शुक्रबारका दिन "बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष मोतीलाल बुढामगरका अनुसार हमाद (Blood Donar Center) को सभाहलमा बिहानको समय ८ बजे देखि दिनको १ बजे सम्म रक्तदान कार्यक्रम संचालन भएको थियो ।
रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संघठन,जिल्ला संस्था, सामाजिक अभियान्ता, एनआरएनए,पत्रका लगायत कर्णाली प्रदेशका विभिन्न व्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो ।
सामाजिक व्यक्तित्व भिम तरामु मगरले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।"रक्तदान नै जीवनदान" भन्ने मुल नाराका साथ रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस भन्ने हेतुले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ६ जनाको उपस्तिथि रहेको थियो। ५५ जनाले रक्तदानको लागि रजिष्टेसन गरेका थिए।
जसमध्ये ३० जनाले रक्तदान गर्न सफल भएको र २५ जनाले रक्तदान गर्नबाट बञ्चित भएका थिए ।
रक्तदातालाई कर्णाली प्रदेश सेवा समाज दोहा कतारका अध्यक्ष मोतिलाल बुढामगर, महासचिव सुरेश केसि लगायतले सम्पुर्णमा स - धन्यवाद प्रकट गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।
"रक्तदान आफैमा एउटा पुण्यको काम हो, प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय नभएको र पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य रहेको बताउदै अध्यक्ष मगरले आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा रहेको बताए ।
यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै समाजले रक्तदान कार्यक्रमको आयोजना गरिएको मगरले मुग्लानी खबरलाई जानकारी गराए । साथै उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गरे ।