दोहा - रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारले एक औपचारिक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सनैया स्थित फुलवारी रेस्टुरेन्टमा " गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण) को लागि अतिथि जज पुर्णिामा श्रेष्ठ ,संस्थापक अध्यक्ष कृष्ण बराल, संस्थापक सल्लाहकार ईश्वर काफ्ले, गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण) को उपाधी जित्न सफल रुस्तम तामाङ, नृत्य बिधाको उपाधी जित्न सफल निरु श्रेष्ठ, गायन विधाको उपबिजेता भएका सुजन गुरुङ् र नृत्य विधाका उपविजेता सरोज लामालाई बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, (शाखा कतार) का अध्यक्ष शिवराम ढकालको सभापतित्व संस्थाका सस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आथित्यमा संचालन गरिएको कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा ५० भन्दा बढी स्थानिय कलाकार सहित नेपाल बाट आमन्त्रित मोडल तथा नृत्य निर्देशक पुर्णिामा श्रेष्ठ, युवराज छ्न्त्याल,बुद्द पाण्डे, मंगल बि.क.झबिन्द्र आचार्य लगायतको विशेष आथित्यता रहेको थियो भने, सह-सचिब बाबू कौसलले कार्यक्रमको सहजीकरण गरेका थिए।
हाम्रो अभियान,लोक सस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन " भन्ने नाराका साथ १० नोभेम्बर सन : २०१७ का दिनमा शाखाको रुपमा कतारमा स्थापना गरिएको हो !
image widget