मुग्लानी खबर जेठ ३०
बिजय अधिकारि /झापा
कमल गाउँपालिकाकाे शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अाज जेठ ३० गते बुधबारका दिन कमल-७, रङपुरस्थित
श्री सरस्वती मा.वि. काे प्राङ्गणमा अन्तर मा.वि. हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भयाे ।
सरस्वती मा.वि.काे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जगतबहादुर लिम्बूकाे अध्यक्षतामा सञ्चालित उक्त प्रतियाेगितात्मक कार्यक्रममा कमल गाउँपालिकाकाे शिक्षा विभागका अधिकृत श्री भाेलानाथ दाहाल, कमल स्राेतकेन्द्रका स्राेतव्यक्ति श्री केशवप्रसाद भट्टराई र नेपाल शिक्षक महासङ्घ, झापाका निवर्तमान अध्यक्ष श्री नारायणप्रसाद गाैतमकाे विशेष अातिथ्य रहेकाे थियाे भने उक्त कार्यक्रममा सरस्वती मा.वि.का प्रधानाध्यापक श्री दुर्गा सेडाईं तथा सम्पूर्ण शिक्षकहरू, श्री शहीद धर्मभक्त मा.वि.का प्रधानाध्यापक त्येस्तै
श्री काजीमान पाैडेल, मङ्गलमय मा.वि.का निवर्तमान प्रधानाध्यापक श्री अाेम खनाल, महेन्द्र रत्न मा.वि. का शिक्षक श्री विजयकुमार अधिकारी र लेखापाल श्री माेतीलाल भट्टराई, कमला मदनअाश्रित मा.वि.का शिक्षक श्री दुर्गाप्रसाद पराजुली, ज्याेति मा.वि., भुत्लुङका शिक्षक श्री दुर्गा न्याैपाने, नरेन्द्र जनता मा.वि.का शिक्षक श्री तीर्थ पाैडेल, सरस्वती मा.वि.काे विद्यालय व्यवस्थापन समिति सदस्य श्री रूपा काफ्ले लगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।
सभाध्यक्ष तथा अतिथिहरूकाे अासन ग्रहण पश्चात् राष्ट्रिय गानबाट अघि बढाइएकाे उक्त कार्यक्रममा अतिथिहरूलाई खादा अाेडाई सम्मान गरिएकाे थियाे । प्रधानाध्यापक श्री दुर्गा सेडाईंले अामन्त्रित अतिथिहरू, प्रतियाेगी छात्रछात्राहरू लगायत कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएकाे थियाे भने सरस्वती मा.वि.की छात्रा अस्मि राईकाे एउटा अाकर्षक स्वागत नृत्यले कार्यक्रमलाई निकै उत्साहपूर्ण बनाएकाे थियाे ।
सरस्वती मा.वि.कै छात्र अावाज शेर्पाले म्युजिक ट्र्याकमा गाएकाे एउटा मीठाे कर्णप्रिय गीतले कार्यक्रममा राैनक थपेकाे थियाे । हाजिरीजवाफ प्रतियाेगिताकाे हाल लाेकप्रिय बन्दै गएकाे अाधुनिक तरिकालाई अवलम्बन गरी सञ्चालन गरिएकाे अाजकाे हाजिरीजवाफ प्रतियाेगितामा अाेपनिङ राउन्ड, जेनेरल राउन्ड, धर्म संस्कृति, साहित्य, विज्ञान प्रविधि, गणित अादि विधागत राउन्डकाे साथै ग्याम्लिङ राउन्ड, बजर राउन्ड, र्यापिड फायर राउन्ड जस्ता राेचक राउन्डहरूमा प्रश्नहरू साेधिएका थिए ।
शिक्षा अधिकृत श्री भाेलानाथ दाहालले कमल गाउँपालिका कार्यालयबाट सिलबन्दी प्याककाे रूपमा उपलब्ध भएकाे प्रश्नपत्र वाचन गर्ने जिम्मेवारी सरस्वती मा.वि. का शिक्षक श्री धनप्रसाद भण्डारीलाई सुम्पनुभएकाे थियाे । प्रश्नहरूले विविध क्षेत्र समेट्न प्रयास गरेकाे भए पनि खेलकुद, उखान/टुक्का, गाउँखाने कथा तथा समसामयिक महत्त्वपूर्ण घटनाहरू समेट्न नसकेकाे हुँदा प्रश्नहरूले सामान्य ज्ञानकाे हाल प्रचलित सबै क्षेत्रलाई अाेगट्न नसकेकाे महसुस हुन्थ्याे ।
जम्मा ८ अाेटा विद्यालयहरूले सहभागिता जनाएकाे उक्त प्रतियाेगितामा हरेक विद्यालयबाट न्यूनतम एक जना छात्रा सहित ३ जना विद्यार्थीहरू सामेल थिए । अाेपनिङ राउन्डमा साेधिएका जम्मा ८ अाेटा प्रश्नहरूमध्ये ७ अाेटा प्रश्नहरूकाे उत्तर मिलाएर प्रारम्भमै छलाङ मारेकाे सरस्वती मा.वि. त्यस छलाङलाई प्रतियाेगिताकाे अन्त्य सम्म नै कायम राखेर प्रथम स्थान अाेगट्न सफल भयाे ।
प्रतियाेगिताकाे नतिजा यस प्रकार रहेकाे छ- प्रथम स्थान- श्री सरस्वती मा.वि., कमल-७, रङपुर । प्राप्त अङ्क- १९ द्वितीय स्थान- श्री मंगलमय मा.वि., कमल-५, पाडाजुँगी, प्राप्त अङ्क- १५ तृतीय स्थान- श्री महेन्द्र रत्न मा.वि., कमल-२, समयगढ । प्राप्त अङ्क- ११ कमल गाउँपालिकाले अार्थिक वर्ष २०७४/७५ मा शैक्षिक सुधारकाे निम्ति अायाेजना गरेका विविध क्षेत्रका प्रतियाेगितात्मक अतिरिक्त क्रियाकलाप कार्यक्रमहरूमध्ये अाजकाे प्रतियाेगिता अन्तिम कार्यक्रम हाे ।
यस अघिका कार्यक्रमहरूमा सान्त्वना स्थान ल्याउने प्रतियाेगी विद्यार्थी र विद्यालयलाई पुरस्कार नभए पनि प्रमाणपत्र सम्मकाे व्यवस्था गरिएकाे भए पनि अाजकाे प्रतियाेगितामा सान्त्वना स्थान घाेषणा गरिएन । प्रमाणपत्र प्रदान नगरिएकाे भए पनि अङ्क ९ ल्याएर श्री शहीद धर्मभक्त मा.वि., कमल-३ चतुर्थ स्थानमा रहेकाे थियाे । प्रतियाेगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र र सम्बन्धित विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रम सुरु हुन लाग्दा अाकाशमा बादल मडारिँदा माैसमले बाधा पुर्याउला कि भन्ने अाशङ्का रहेकाे भए पनि कार्यक्रमलाई माैसमले कुनै प्रतिकूलता सृजना गरेन । साउन्ड सिस्टम व्यवस्थित थियाे ।
प्रत्येक प्रतियाेगी टाेलीलाई एक एक अाेटा माइक्राेफाेनकाे व्यवस्था गरिएकाे थियाे र ती माइक्राेफाेनहरूमा कुनै प्राविधिक समस्या अाएन । कार्यक्रम पश्चात् प्रतियाेगी छात्रछात्रा तथा अतिथिहरूलाई चिया नास्ताकाे व्यवस्था गरिएकाे थियाे । अाजकाे कार्यक्रमलाई समग्रमा पर्यवेक्षण गर्दा याे कार्यक्रम साैहार्दपूर्ण वातावरणमा निकै राेचक एवं प्रभावकारी ढङ्गबाट सम्पन्न भएकाे पाइयाे ।
अाजकाे प्रतियाेगिताका पुरस्कृत छात्रछात्रा तथा विद्यालयहरूलाई हार्दिक बधाई !!!!
२०७५ साल जेठ २३ गतेदेखि ३० गतेसम्म कमल गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूमा गाउँपालिकाद्वारा अायाेजना गरिएका विविध क्षेत्रका अतिरिक्त क्रियाकलापहरूमा प्राप्त गरेकाे नतिजालाई हेर्दा श्री महेन्द्र रत्न मा.वि. ले नृत्य, गायन र शैक्षिक सामग्री प्रदर्शनी गरी प्रथम स्थानका ३ अाेटा र चम्चा दाैड, निबन्ध, अाधारभूत तहकाे हाजिरीजवाफ, मा.वि. तहकाे हाजिरीजवाफ गरी तृतीय स्थानका ४ अाेटा ट्रफीहरू गरी जम्मा ७ अाेटा ट्रफीहरू प्राप्त गरेकाे हुँदा सप्ताहव्यापी यस कार्यक्रममा महेन्द्र रत्न माध्यमिक विद्यालय कमल गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमध्ये सर्वाेत्तम ठहर हुने अपेक्षा गरिएकाे छ ।
त्यस्तै सरस्वती मा.वि., रङपुरले प्रथम स्थानका ३ अाेटा, द्वितीय स्थानका २ अाेटा र तृतीय स्थानकाे एउटा ट्रफी प्राप्त गरेकाे हुँदा उक्त विद्यालय पनि महेन्द्र रत्न मा.वि.कै हाराहारीमा अाउन सक्ने बुझिएकाे छ ।