दोहा : "गैरआवासीय नेपाली तारा २०२३"- (चौथो संस्करण) प्रतियोगिताको उपाधि काठमाडौ निवासी रुस्तम तामाङले जित्न सफल भएका छ्न ।
त्यसै गरि नृत्य बिधाको प्रथम स्थान भने इलामकी निरु श्रेष्ठले जितेकी छन ।
फेब्रुअरी – २ तारिक शुक्रबार "ट्युनिसियन स्कुल अल लक्तामा सम्पन्न भएको चौथो संस्करण बाट गैरआवासीय नेपाली तारा २०२३- को उपाधी चुम्न सफल रुस्तम तामाङले १ लाख ८१ हजार र नृत्य बिधाको प्रथम स्थान हासिल गर्न सफल निरु श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ र नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन ।
त्यसैगरि गायन विधाको उप -बिजेता सुजन गुरुङ् भए भने नृत्य विधा तर्फ सरोज लामा हुन सफल भए।उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरे
गत डिसेम्बर -१ तारिकदेखी सुरु भएको गैरआवासीय नेपाली तारा सिजन -४ मा ६८ जना डिजिटल अडिसनबाट छानिए पनि ४९ जना प्रतिस्पर्धी मात्र प्रत्यक्ष सहभागी भएको पहिलो अडिसनबाट क्रमश दोस्रो, तेस्रो अडिसन सम्म आइपुग्दा गायन र नृत्य दुबै बिधाबाट समान ५-५ जनाले ग्राण्ड फिनालेको लागि बाजी मारेका थिए I
ग्रान्ड फिनालेमा पुग्ने १० प्रतिस्पर्धी हरुमा गायन तर्फ दिपक कुमार घले भोटिङ नम्बर -१, इशान रेग्मी भोटिङ नम्बर -२, सुजन गुरुङ भोटिङ नम्बर -३, मानसिङ परियार भोटिङ नम्बर -४ र रुस्तम तामाङ भोटिङ नम्बर -५ रहेका थिए l
नृत्यतर्फ जुनुमाया कुमाल भोटिङ नम्बर -१, सरोज लामा भोटिङ नम्बर -२, निरु श्रेष्ठ भोटिङ नम्बर -३, झरना राई भोटिङ नम्बर -४ र सौजन चाहार भोटिङ नम्बर -५ उपाधिको लागि प्रतिस्पर्धा रहेको थियो ।
अतिथि निर्णायकको भुमिकामा नेपालबाट गायन बिधाको लागि बरिस्ठ सर्जक तथा गायक रामकृष्ण ढकाल र नृत्य बिधाको निर्णायकमा मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठ रहका थिए ।
यो सिजनको प्रतियोगितामा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको भुमिका निभाएका थिए ।
नेपालबाट आएका अग्रज कलाकारहरुको उपस्तिथिले फिनालेमा प्रतिस्पर्धा गर्नको लागि सहभागी भएका प्रतिस्पर्धीहरु निकै उत्साहित थिए। रामकृष्ण र पूर्णिमाले सहभागी प्रतिस्पर्धीहरुको हौसला बढाइदिएका थिए।
कार्यक्रममा नेपाल मगर संघ शाखा कतार, नेपाल प्रवासी तामाङ समाज कतार,र तमु ( गुरुङ) समाज कतारका कलाकारहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । कमलमणि गुराराई, क्रान्ती सिङ,करिम बकस मियाँ र बुधबल गुरुङ परिवेक्षक रहेका थिए ।
कार्यक्रममा रामकृष्णले आफ्ना आधा दर्जन गीतहरु सुनाएका थिए। रामकृष्णको 'जदो माया' गीतमा सबै दर्शकहरु झुमेका पनि थिए। चर्चित डान्सर पूर्णिमा श्रेष्ठले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा एनआरएनए आईसिसी,कतारमा स्थापित बैचारिक सगंठन, प्रदेश समन्वय, विभिन्न जिल्ला सस्थां मातृंसस्था,समाजसेवी, बुद्धिजीवी, कलाकार पत्रकार सहित करिब हजार दर्शकको उपस्तिथि रहेको थियो ।
संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवतरूपमा अगाडि बढेको कार्यक्रममा तमु समाजकी अध्यक्ष टौमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
चार चरणमा सम्पन्न आइडलका अतिथि राज रेग्मी, प्रभात त्रिपाठी, ग्राण्ड फिनालेका अतिथि निर्णायकद्वय एनआरएनए आईसीसीका उप– महासचिव प्रवीण गुरुङ र नरेन्द्र बहादुर भाटलाई समेत सम्मान गरिएको थियो ।
नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौ' भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो। कार्यक्रम गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु ( गुरुङ) समाज कतारको संयुक्त आयोजनामा 'राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ' आयोजना गरिएको हो।संघका महासचिव रबिन मगरले औपचारिक र भानु शर्माले सांगीतिक कार्यक्रमलाई सहजीकरण गरेका थिए ।