दोहा : नेपाल पत्रकार महासंघ कतार शाखाको आठौं अधिबेशन सम्पन्न गरिएको छ ।
नेपाली दूतावास कतारको सभाहलमा सम्पन्न गरिएको आठौं अधिबेशन बाट अध्यक्षमा दिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छ्न ।
अन्य कार्यसमिती हरुमा उपाध्यक्ष अर्जुन पौडेल, सचीव दिलिप पराजुली,सह - सचिव सारदा भुजेल, कोषाध्यक्षमा लिला मणि पन्थी, रहेका छ्न । अन्य कार्यसमितिमा उद्दव बहादुर मगर, टेकराज थापा, सन्तोष कुवर, साबित्री सर्मा गरि जम्मा ९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
महासंघका केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि बिपुल पोख्रेलले आफ्नो भनाइ राख्दै शाखाको निमन्त्रणामा पुनः कतार आउन पाएकोमा खुशी व्यक्त गर्दै भने, “शाखाको अन्त्यतै ठूलो पर्व मानिने अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पाउनु र कतारमा सकृय संचारकर्मी एवं सामाजिक अभियन्ता तथा नेपाली समुदाय संग सात्क्षात्कार हुने अवसर दिएकोमा शाखा परिवारलाई हार्दिक आभार व्यक्त गरे ।
पोख्रेलले विदेशमा बसेर नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले पत्रकारीताका न्यूनतम दायरा पुरा गरेर लेख्ने कार्यलाई गति दिन पर्ने आवश्यकता औल्याए । मुलुक समृद्धि बनाउन पत्रकारको भुमिका धेरै रहेको भन्दै पोख्रेलले कतारमा बसेर सिकेको ज्ञान, पुजि, सीप लाई नेपालमा गएर लागू गर्न आग्रह गरे । यहाँ रहेका नेपाली लाई एकृकित गर्दै पत्रकार महासँघ कतार शाखाले देश निर्माणमा भुमिका खेल्नु पर्ने पनि पोख्रेलले बताए ।
अधिवेशनमा महासंघका केन्द्रीय सदस्यद्घय प्रदीप काफ्ले र ज्ञान प्रसाद पौडेल, नेपाली दूतावास कतारका नियोग उपप्रमुख कुमार राई, एनआरएनए आइसिसी, एनसिसी कतार, वैचारिक सङ्गठनका विभिन्न व्यक्तित्वहरूको विशेष आतिथ्यता सहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष दिल श्रेष्ठले स्वागत मन्तव्य राखेको अधिवेशनको समापन गर्दै महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाले आफनो ६ बर्षको कार्यकालमा कतारमा विभिन्न माध्यमबाट दुख र पिडामा परेका करिब ३७ जना नेपाली दाजुभाइलाइ सुरक्षाित सङ्ग नेपाल पठाउन सकिएको र १३६ भन्दा बढी नेपाली लाई विभिन्न चरणमा सहयोग गरेको बताए ।
मियाले आफ्नो कार्यकालमा विभिन्न माध्यम बाट सहयोग गर्ने प्रती आभार प्रकट गर्दै नेपाली दूतावासले हल उपलब्ध गराएर अधिवेशन गर्न सहज भएको बताउँदै धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीरण संघका सचिब अर्जुन पौडेलले गरेकाथिए .