नेकपा (माओवादी केन्द्र)को प्रवास संगठन प्रवास समन्वय समितिको पश्चिम एसिया क्षेत्रीय समिति भित्र रहेका नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समितिहरुको अधिवेशन तय भएको छ ।
नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाका राष्ट्रिय समितिहरुको राष्ट्रिय अधिवेशन कतारले मार्च १ मा , युएईले मार्च ३ मा , बहराइनले मार्च ८ मा र साउदी अरबले अप्रिल १२ मा सम्पन्न गर्ने तयारी गरेका छन् ।
त्यसै गरि फश्चिम एसिया अन्तर्गतका ओमन, कुवेत र इजरायलको राष्ट्रिय अधिवेशनको मिति तय हुन बाकी रहे पनि आन्तरिक तयारी तीब्र गतिमा भइ रहेको नेकपा माओवादी केन्द्र पार्टी प्रबास समन्वय समितिका सदस्य तथा पश्चिम एसिया संयोजक शनि कुमार ओलिले जानकारी दिए ! ओलीका भनाइ अनुसार (घर-घरमा माओवादी जन- जनमा माओवादी) भन्ने मुख्य नारा बोकेर जनसम्बन्ध सुदृढ गर्न जनताका घर दैलोमा पुगेको नेकपा माओवादी केन्द्रको प्रवासी संगठनले समेत आन्तरिक रूपमा अभियान संचालन गरेको थियो । उक्त अभियान अबधिभर प्रबासमा रहेको माओवादी केन्द्र निकट कार्यकर्ता शुभचिन्तक,समर्थकहरुको अभिलेख राख्ने र संगठित गर्ने कार्य चार महिने अभियान समापन पछी राष्ट्रिय अधिवेशनमा सबै देशका मञ्चहरु तीब्र गतिमा जुटेका छन !
वैदेशिक रोजगार गन्तब्य मुलुकहरु साथै सोही देशमा विभिन्न पेशा,ब्याबसायमा आबद्ध पार्टी निकट कार्यकर्ता शुभचिन्तक,समर्थकहरु नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया कतार,युएई,बहराइन,साउदी अरब,कुबेत,ओमन,साथै इजरायलमा नेपाली जनप्रगतिसिल मञ्चमा आबद्ध छन विशाल भौगोलिक मुलुक भएको देश र समय प्रतिकुल हुनेहरु १० हजार भन्दा भन्दा बढी सम्पर्कमा रहे पनि २ हजारको हाराहारीमा मात्रै कार्यकर्ता सगठित भई संगठनको विभिन्न तहका जिम्मेवारीमा सकृय रहेका बताइएका छन !
सन् २००७ अगष्टमा कतार बाट स्थापना सुरु भएका मञ्च प्रबास समन्वय समिती अन्तरगत पुर्वी एसिया, पश्चिम एसिया, ओसियाना, युरोप, अमेरिका र भारत लगायत विश्वका विभिन्न देशहरुमा श्रमिक मजदुर बर्गहरुको पहल र कृयाशिलतामा स्थापना गरि बैचारिक रूपमा संगठित हुदै सामाजिक गतिविधिमा सकृय रहदै आएको छ । नेपाली जनप्रगतिसिल मन्चले बिधान अनुसार हरेक दुई -दुई बर्षमा राष्ट्रिय अधिबेशन गर्दै आईरहेको छ । पश्चिम एसियाका मञ्चहरुको यही मार्च २०२४ भित्र अधिवेश सम्पन्न गर्ने गरि कार्यक्रम तय गरेको भए पनि नेकपा माओवादी केन्द्रले २०८० फाल्गुन १ र २ गते बिधान महाधिवेशन आयोजना गरेका कारण मन्चका अधिवेशनहरु एक महिना पछि धकेलिएको जनाइएको छ ।