दोहा : कतारमा जारी गैरआवासीय नेपाली तारा २०२३ (चौथो संस्करण) ग्राण्ड फिनाले प्रतियोगिता आगामी फेब्रुअरी – २ तारिक "ट्युनिसियन स्कुल अल लक्तामा हुने तय भएको छ ।
गत डिसेम्बर -१ तारिकदेखी सुरु भएको गैरआवासीय नेपाली तारा सिजन -४ ले विभिन्न ४ चरण पार गरि सकेको छ । ६८ जना डिजिटल अडिसनबाट छानिए पनि ४९ जना प्रतिस्पर्धी मात्र प्रत्यक्ष सहभागी भएको पहिलो अडिसनबाट क्रमश दोस्रो, तेस्रो अडिसन सम्म आइपुग्दा गायन र नृत्य दुबै बिधाबाट समान ५-५ जनाले ग्राण्ड फिनालेको लागि बाजी मारेका हुन।
ग्रान्ड फिनालेमा पुग्ने १० प्रतिस्पर्धी हरुमा गायन तर्फ दिपक कुमार घले भोटिङ नम्बर -१, इशान रेग्मी भोटिङ नम्बर -२, सुजन गुरुङ भोटिङ नम्बर -३, मानसिङ परियार भोटिङ नम्बर -४ र रुस्तम तामाङ भोटिङ नम्बर -५ रहेका छन ।
नृत्यतर्फ जुनुमाया कुमाल भोटिङ नम्बर -१, सरोज लामा भोटिङ नम्बर -२, निरु श्रेष्ठ भोटिङ नम्बर -३, झरना राई भोटिङ नम्बर -४ र सौजन चाहार भोटिङ नम्बर -५ उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ्न ।
अतिथि निर्णायकको भुमिकामा नेपालबाट गायन बिधाको लागि बरिस्ठ सर्जक तथा गायक रामकृष्ण ढकाल र नृत्य बिधाको निर्णायकमा मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठ रहनेछ्न ।
यो सिजनको प्रतियोगितामा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको भुमिका निभाएका थिए ।
प्रतियोगिताबाट विजेता हुने प्रतिस्पर्धीले गायन तर्फ -१ लाख ८१ हजार र नृत्य तर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन I उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनुको साथै १० जना प्रतिस्पर्धीलाई समेटेरे कतारमै विभिन्न साङ्गितिक कार्यक्रम गरिने पनि बताइएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको फिनालेको लागी आवश्यक तयारीको काम भइरहेको आयोजक समितिले जानकारी गराएको छ।