कमल / बसन्तराज सुब्बा - सिक्किम अन्तर्राष्ट्रिय च्याब्रुङ प्रतियोगितामा प्रथम विजेता हुने कलाकारहरुलाई सम्मान साथै समीक्षा कार्यक्रम सम्पन भएको छ !
केर्खा: याक्थुङ लिम्बु समुदायहरूको महान चाड चासोक तङ्नाम २०८० अर्थात यले यङ्वे ५०८३ को पुनीत अवसरमा भारतको सिक्किम नियारा प्रोडूशनद्रारा आयोजित ८ औ चासोक तङनाममा प्रथम अन्तर्राष्ट्रिय च्याब्रुङ प्रतियोगितामा नेपालको तर्फबाट किरात याक्थुङ चुम्लुङ कमल वडा न.३ केर्खाले प्रथम बिजेता हुन सफल भएको थियो !
गत पुस २ गते केर्खा बजारमा स्थानिय बासीहरूले भव्य स्वागत सम्मान गर्दा सो-प्रतियोगी कलाकारहरु लाई औपचारिक सम्मान पछि गरिने घोषित उक्त बाकी रहेको कार्यलाई मिति २०८० माघ १३ गते कमल सलोरा मञ्चको कार्यालयमा किराँत याक्थुङ चुम्लुङ वडा न.३ का अध्यक्ष हिमाल लिम्बुको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरि सम्पन्न गरेको छ।
कार्यक्रममा कलाकारहरु च्याब्रुङ टिमका संयोजक हिमाल लिम्बु लगायत २० जना कलाकारहरु रोजा आङबुहाङ लिम्बु , मिश्र हाङगाम लिम्बु , सुशिला सोदेम्बा लिम्बु , नुमा लिङ्देन लिम्बु , सोनम सोदेम्बा लिम्बु , दिपेन लामिछाने गुरुङ , सोनाम याक्पादेन लिम्बु , अस्मिता श्रेष्ठ ,शुक्र राज लेछवों , सुमन लेछवों लिम्बु , समिर लिबु , दिल कुमार लेछवों लिम्बु , निशु योङहाङ लिम्बु , प्रियंका गुरुङ , स्वस्तिका लिम्बु , सर बीर लिम्बु , दुर्गा लिम्बु , आसा लिम्बुलाई प्रमुख अतिथी र अतिथिहरुको हस्त बाहुली बाट अबिर जात्रा सहित प्रमाण-पत्र र मायाको चिनो बितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी किराँत याक्थुङ चुम्लुङ झापा जिल्ला सदस्य दिव्य कला थेवेले कि .या . चु कमल वार्ड ३ अध्यक्ष हिमाल लिम्बुको उपस्थित पछि कमलमा नृत्य देखि च्याब्रुङ कला प्रशिक्षण दिदै हरेक प्रतियोगिता जिताउदै केर्खा कमलको कला प्रतिष्ठा उच्च राख्दै आएको बताउदै यो क्रम अझ अघि बढ्दै जाओस भन्दै सबैलाई धन्यवाद दिएका थिए !
त्यस्तै शुभकामना मन्तव्य अतिथी कमल किराँत याक्थुङ चुम्लुङका अध्यक्ष दिवस साम्बाम्फे , कमल सल्लाहकार विरेन्द्र याक्थुम्वा , फाल्गुनन्द टोल विकास अध्यक्ष शेलिना राई लगायतले बधाई तथा शुभकामना सहित समीक्षामा आ -आफ्ना भनाइहरु राखेका थिए ।
शुक्र राज लेछवों लिम्बु द्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य संस्था सदस्य बुद्र राज फोम्बो राखेका थिए भने सहजीकरण याक्थुङ युवा मन्च जिल्ला सदस्य कमल संस्थापक सदस्य बसन्त राज सुब्बा 'निशाम' ले गरेका थिए।
त्यस्तै कार्यक्रमलाई समापन गर्ने क्रममा सभा अध्यक्ष हिमाल लिम्बुले नेपाल देखि सिक्किम अन्तर्राष्ट्रिय च्याब्रुङ प्रतियोगितामा जाने सम्पूर्ण टिम , प्रथम विजेता कलाकार भाई प्रत्यक्ष , अप्रत्यक्ष आर्थिक भौतिक नैतिक सबै खाले सहयोगीहरु र यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए।