वसन्त राज सुब्बा-झापा जिल्ला कमल गाउँपालिका वार्ड ३ स्थित केर्खामा एक हप्ते माइन्युट लेखन तथा उद्घोषण तालिम उद्घाटन भएको छ ।
झापा समावेसी महिला सशक्तिकरण केन्द्रद्वारा आयोजित तथा वडा स्तरिय सिलिङ बजेटबाट सञ्चालित कार्यक्रम आइतबार उद्घाटन भएको हो ।एक हप्ते माइन्युट लेखन तथा उद्घोषण तालिममा २० जना सहभागी रहेका छन ।
उक्त तालिम कमल गाउँपालिका प्रमुख हुकुम सिंह राईले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथी हुकुम सिंह राईले समाज रुपान्तरण र बिकासका लागि महिलाहरु जागरुक हुन र पुरुष सरह भएर बिकास निर्माण कार्यमा जबसम्म अगाडि आउँदैन तबसम्म समाज बिकास हुन नसक्ने बताउनुभएको थियो । महिलाहरु सक्षम नेतृत्वका लागि अहिले भईरहेको हप्ता दिने नै भए पनी माइन्युट लेखन तथा उदघोषण तालिम कार्यक्रमले दिदी बैहिनीहरुमा थप नेतृत्व बिकासमा सकारात्मक भुमिका रहने विश्वास गर्नुभएको थियो । अध्यक्ष राईले यस्ता कार्यक्रमहरुमा कमल गाउँपालिका साथ दिदै जाने प्रतिबद्धता जाहेर गर्दै सबैलाई कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
त्यस्तै अतिथी संस्थाकी पुर्ब अध्यक्ष लक्ष्मी न्यौपाने अधिकारीले संस्था र कार्यक्रम बारे प्रष्ट पार्नुभएको थियो भने अतिथिहरुमा क्रमश: कमल वडा न.३ का जनप्रतिनिधि केशरा बर्देवा, केर्खा प्रहरी इन्चार्ज रामकाजी कटुवाल, कमल गाउँ वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, अग्रज समाजसेवी शान्ता मुखिया, विरेन्द्र कुमार याक्थुम्वा, फाल्गुनन्द टोल बिकास संस्थाकी अध्यक्ष सेलिना राई, शान्ती संगम टोल बिकास संस्थाका अध्यक्ष ज्ञान सिंह राई, समावेशी टोल अध्यक्ष मुक्तिनाथ काफ्ले, समावेशी महिला सशक्तिकेन्द्रकी निवर्तमान अध्यक्ष सृजना पौडेल,उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम प्रशिक्षक गोविन्दराज कट्टेलले उपस्थितिहरू माझ तालिम बारे संक्षेपमा अभिमुखीकरण गराउदै माइन्यूट तथा उदघोषण कार्यक्रम संचालन गर्नुभएको थियो।
संस्थाकी सचिव नविना निरौलाद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी वरिष्ठ उपाध्यक्ष मेनुका देवी आचार्यले गर्नुभएको थियो भने अन्तमा सभाअध्यक्ष पुर्णिमा देवानले उपस्थित सबैलाई धन्यवाद दिदै सहयोगी सबैप्रति आभार प्रकट गर्दै उद्घाटन कार्यक्रमको औपचारिक समापन गर्नु भएको थियो।