दोहा - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका महासचिव, धनकुटा सेवा समाज कतारका प्रथम उपाध्यक्ष, मगर संघ कतारका सल्लाहकार रबिन मगरलाई प्रवासी भुजेल सेवा समाज कतारले आफ्नो सातौं महाअधिबेशन विशेष सम्मान गरेको छ।
"कतारमा कार्यरत भुजेल वासीको साझा संस्था भुजेल सेवा समाज दोहा कतारको २०२२÷२०२४ कार्यकालमा संस्थाले गरेका हरेक सामाजिक गतिविधिहरु साथै कतारको सामाजिक कार्यमा यहाँले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनहरुमा पनी संस्थाका सामाजिक गतिविधिहरुमा साथ सहयोग रहने छ भन्ने शुभेच्छाका साथ यहाँको उतरोत्तर प्रगतीका लागी हार्दिक शुभकामना सहित स–सम्मान यो सम्मान पत्र प्रदान गर्दछौं सम्मान पत्रमा उल्लेख गरिएको छ । समाजले सम्मानपत्र, दोसल्ला र मायाँको चिनो प्रदान गरेर सम्मान गरेको हो ।
कतार जस्तो व्यस्त देशमा आफ्नो काममा व्यस्त हुँदाहुँदै पनि सामाजिक सेवा गर्दै आएका मगरलाई यो भन्दा अगाडि बाग्लुङ्ग सेवा समाज दोहा कतारले पनि सम्मान गरेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मगरले, भुजेल सेवा समाज, कतारमा मात्र नभएर सामाजिक कार्यको लागि विश्वमानै उदाहरणिय संस्था रहेको बताए । भुजेल जातीको आफ्नै भाषा,भेषभुषा,धर्म सस्कृती, परम्परा रहेको र प्रवास बाट भएपनि जोगाउन,संरक्षण गर्न समाजले अत्यन्तै प्रवाभकारी भुमिका खेलेकोमा धन्यवाद व्यक्त गरे ।
समाजले गरेको सम्मान प्रती आभार ब्यक्त गर्दै मगरले आगामी दिनमा भुजेल जातीले गर्ने हरेक क्रियाकलाप सहित नेपाली समुदायको उन्नति, प्रगति सहित सामाजिक कार्यमा आफुले सक्दो सहयोग गर्ने बिश्वास व्यक्त गरे ।
संस्थाका अध्य्क्ष युवराज भुजेलको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको सातौं अधिबेशनबाट बिकास भुजेको अध्यक्षतामा २१ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ ।