दोहा : विश्वकप पछिको दोस्रो ठूलो प्रतियोगिता "एसियाली फुटबलको कुम्भमेला" १२ जनवरि २०२४ शुक्रबार देखि कतारमा सुरु भैसकेको छ ।
१२ जनवरि २०२४ देखि १० फेब्रुअरी सम्म कतारका विभिन्न स्टेडियममा चल्दै गरेको एसियन कप फुटबल खेलमा एसियालि देशका २४ रास्ट्रले खेलिरहेका छ्न ।
कतारमा रहेका विभिन्न फ्यान जोनहरूमा एसियनकप फुटबल खेलको लाइभ स्क्रिनिङ बाहेक,विभिन्न देशका सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गर्दै रोमाञ्चक वनाउने प्रयास भैरहेको छ ।
कर्मभूमिले आयोजना गरेको प्रतियोगिता सफल बनाउन नेपाली समुदायको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयनमा फ्यान जोन हरूमा नेपाली मौलिक साँस्कृतिक प्रस्तुति पनि भैरहेको एनसिसि कतारका साँस्कृतिक संयोजक बिबेक पुलामी मगरले बताए ।
आउँदो शुक्रबार पनि, कतारका विभिन्न फ्यान जोन हरूमा नेपाली मौलिक पन्चेबाजा सहितका साँस्कृतिक प्रस्तुति रहेको हुनाले सम्पुर्ण नेपाली समुदायमा उपस्थितिको निम्ति मगरले आग्रह गरेका छन
साँस्कृतिक कार्यक्रम हुने स्थान र समय निम्न अनुसार रहेको छ ।
मिति: २६ जनवरी २०२४ शुक्रबार
स्थान: अलखोर औधोगिक क्षेत्रको स्टेडियम
समय: बेलुकी ६:३० बजे
प्रस्तुति: नेपाली पन्चे बाजा
सहजताको लागि सम्पर्क : सन्तोष केसी (प्रबक्ता) ५५११९०८३, इसिलाल पण्डित (कार्यसमिति सदस्य) ७७४६३४०९
स्थान: बारवा वाराहमा रहेको फुटबल स्टेडियम :
समय: बेलुकी ६:३० बजे
प्रस्तुति: नेपाल मगर संघ शाखा कतारको सास्कृतिक प्रस्तुति
सहजताको लागि सम्पर्क : झबिन्द्र आचार्य (सहकोशाध्यक्ष) ७७५२५३८८, झबिन्द्र बेलबासे ७४०४७७२६ (कार्यसमिति सदस्य) ७७४६३४०९
स्थान: एसियन सिटि फुटबल स्टेडियम
समय: बेलुकी ८:३० बजे
प्रस्तुति: किरात याक्थुङ चुम्लुङ कतारको सास्कृतिक प्रस्तुति
सहजताको लागि सम्पर्क : मो आजाद मन्सुरी (कार्यसमिति सदस्य) ५०४५२६४९
बिस्तृत बिबरणको लागि सम्पर्क :
बिबेक पुलामी मगर - साँस्कृतिक संयोजक - सम्पर्क नम्बर ७०५४ ०९३२ मा सम्पर्क गर्न सकिने छ ।