काठमाडौं, शंखरापुर नगरपालिकामा नगर स्तरीय अन्तर विधालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८० भव्यताका साथ सम्पन्न भएको छ।
साँखु स्थित भगवती माबि विधालय ब्यबस्थापन समितिका अध्यक्ष श्याम कुमार वाइबाको सभा अध्यक्षता तथा नगर प्रमुख रमेश नापितको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बिशिष्ट अतिथिहरूमा नगर उप प्रमुख समिता श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल,शिक्षा शाखा प्रमुख सुकदेव नेपाल, नगर प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायत विभिन्न वडा अध्यक्षहरु,वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, खेलकुद प्रेमीहरू,शिक्षक शिक्षिका विद्यार्थी तथा खेलाडी भाईबहिनिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
भगवती माबिका प्रिन्सिपल तथा कार्यक्रम संयोजक अनुप श्रेष्ठद्वारा सहजीकरण गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई शिक्षा शाखा प्रमुख सुकदेव नेपालले स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरूमा वडा नं ४ का वडा अध्यक्ष सोनाम तामाङ, नगर प्रबक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल,नगर उप प्रमुख समिता श्रेष्ठ लगायतले राख्नुभएको थियो।
शंखरापुर नगरपालिकाद्वारा आयोजित पाँचाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिम्मेवारी भगवती मा वि ले तेस्राे पटक पनि प्रथम स्थान हासिल गरि पाँचौं राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ भने दोस्रो स्थान भाग्योदय माबि र तेस्रो स्थान कालिका शरण माबिले हासिल गरेको छ।बिजेता खेलाडीहरुलाई शिल्ड मेडल र प्रमाणपत्र नगर प्रमुख रमेश नापित,उप प्रमुख समिता श्रेष्ठ लगायतको हातबाट प्रदान गरिएको थियो।

कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख रमेश नापितले खेल बिनाको शिक्षा र शिक्षा बिनाको खेलको कुनै अर्थ नहुने बताउदै स्वस्थ रहेपछि विविध कार्य गर्न सकिने बताउनुभएको थियो।खेल यस्तो बिधा हो जसले अन्तर्राष्ट्रिय स्तरमा ब्यक्ति समुदाय नगरपालिका र समग्र राष्ट्रलाई पहिचान दिलाउन सक्छ,खेलाडी देशको गहना हो भन्दै बिजेता खेलाडीहरुलाई बधाई दिदै सहभागी खेलाडीहरुलाई हार नै जितको शुरुवात भएकोले हरेस नखाई फेरि प्रयास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष श्याम कुमार वाइबाले प्रतियोगिताको शुरुदेखि विभिन्न माध्यम प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याई सफल बनाईदिनु भएकोमा सम्पुर्ण व्यक्तित्वहरुलाई धन्यबाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।कार्यक्रमको उप संयोजकको भुमिका सन्दिपनी स्कुलका प्रिन्सिपल दिनेश घिमिरेले निर्वाह गर्नुभएको थियो।