काठमाण्डौ, शंखरापुर नगरपालिका वडा नं ६ मा पाँच दिने हर्पिक,झोल साबुन र फिनेल बनाउने तालिम -२०८० को समापन भएको छ।
शंखरापुर नगरपालिका वडा नं ६ को आर्थिक सहयोग तथा सरस्वती एकल महिला समुहको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा महिला समुहकी अध्यक्ष शारदा देबि श्रेष्ठको सभा अध्यक्षता तथा नगर प्रबक्ता एवं वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो।कार्यक्रममा वडा सदस्य ज्ञान रत्न मानन्धर लगायत वडा सदस्यहरु,स्थानिय महिला दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि राधाकृष्ण श्रेष्ठले सम्बोधन गर्दै वडा नं ६ ले यस वडामा भौतिक निर्माणका काम मात्र नभई वडा भित्र रहेका नागरिकहरुलाई विभिन्न तालिम प्रदान गरी सिप सिकाएर क्षमतावान नागरिक निर्माण गर्न सकिएपछी आर्थिक समृद्धि गर्न सकिने बताउदै यो हर्पिक,झोल साबुन तथा फिनेल बनाउने तालिम प्रदान गरिएको बताउनु भएको थियो।उहाँले बोल्दै यो तालिमले तालिमलाई घरेलुु उद्योगमा लैजान ,बजारिकरणमा प्रशिक्षार्थीकाे साथ र सहयोगका लागि वडा समिति हर सम्भव प्रयत्न गर्ने र म आफै शंखरापुर नगरपालिकाकाे आर्थिक बिकास समितीकाे पनि संयाेजक भएकाे नाताले शंखरापुर नगरपालिका भित्रका केही गर्न चाहने बेरोजगार युवा युवतीहरूलाई सीप सिक्न चाहने ,ब्यवसाय गर्न चाहने महानुभावहरूले मलाई सम्पर्क गर्नहुन पनि अनुराेध गर्नुभएको थियो।
उहाँले बोल्दै नगरपालिकामा राेजगारी बढाउन छलफल ,अनुभव आदान प्रदान लगायत राेजगारी शृजना गर्नका लागि केहि योजना भए शंखरापुर नगरपालिकाबाट के गर्न सकिन्छ,नगरबासीहरूबाट के गर्न सकिन्छ,राेजगार प्रदायक संस्थाहरूबाट के गर्न सकिन्छ सबैले आ आफ्नाे तर्फबाट प्रयत्न गर्नुपर्ने बताउनु भएको थियो।शंखरापुर नगरपालिका विभिन्न याेजनाबाट शंखरापुरमा राेजगारी सिर्जना गर्न प्रयत्नशील रहेको समेत जानकारी दिनुभएको थियो।
वडा नं ६ मा पाँच दिन सम्म भएको उक्त तालिमको संयोजकत्व सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिका अध्यक्ष तथा समाजसेवी दिलमाया तामाङले गर्नुभएको थियो भने दर्जनौ स्थानीय महिलाहरुको स्वस्फूर्त सहभागिता रहेको छ।कार्यक्रमको अन्त्यमा तालिममा स्वस्फूर्त सहभागी तालिम प्राप्त सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।