ललितपूर, ४ माघ: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZ द्वारा ललितपूर जिल्ला ललितपूर उपमहानगर पालिका वडा नं १५ मा अवस्थित मञ्जुश्री वृद्धाश्रमा सान्त्वनादायक भमण गरि आश्रममा रहेका ९ जना बृद्धाहरूलाई ASEZ द्वारा खाद्यान्न, उपहार र मनोरञ्जन प्रदान गरिएको छ।
छोराछोरीको प्रेमबाट वञ्चित वृद्धाश्रमका आमाहरूलाई सान्त्वना दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
Asian College of Higher Studies को ASEZ क्लबमा आवद्ध विद्यार्थीहरूको अग्रसरतामा आयोजित कार्यक्रममा नेपाल महिला संघ भक्तपूरकी जिल्ला सभापति श्रीमति सरू बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
साथै उक्त कार्यक्रममा युवा राजनितिज्ञ सरोज राना र मोडेल भिबा थापाको पनि सहभागिता रहेको थियो ।
दिउँसो १ बजेदेखि आरम्भ भएको कार्यक्रममा २० जना ASEZ सदस्यहरूको सहभागिता थियो ।
ASEZ को परिचयात्मक भिडियोबाट शुरू भएको कार्यक्रम आमाको महान् प्रेम र स्नेह सम्बन्धी गित प्रस्तुति गर्दै
आमाहरूलाई सान्त्वनादायक उपहार हस्तान्तरण गरि आमाहरूलाई कपाल कोरिदने, नङ पालिस गरिदिने बिभिन्न सान्त्वनादायक गतिबिधीहरू गरियो ।
ASEZ सदस्य मध्ये एक जना नर्सद्वारा आमाहरूको समान्य स्वास्थ्य जाँच समेत गरियो ।
बिभिन्न मानसकि तथा शारीरिक रोगबाट ग्रसित आमाहरूले ASEZ सदस्यहरूको
न्यायो साथ र स्याहारद्वारा खुशीको आँशु झार्नुभयो ।
प्रमुख अतिथि श्रीमती सरू बानियाँज्यूले ASEZका युवाहरूको यो स्वयंसेवा कार्यबाट आफू अन्यन्तै प्रभावित भएको बताउँदै
सबै युवाहरूले यो उदाहरणिय कार्यलाई सिक्दै गएमा समाजमा ठूलो परिवर्तन आउने बताउनुभयो ।
वृद्धाश्रमकी सञ्चालिका श्रीमती मञ्जु थापा मगर ज्यूले एकल ASEZ का स्वयंसेवकहरूको सान्त्वनादायक भ्रमणको निम्ति आभार व्यक्त गर्नुहुँदै
आफूलाई ठूलो बल प्राप्त भएको बताउनुभयो ।
कार्यक्रम आयोजक ASEZ का नेपाल संयोजक किशोर साम्होहाङज्यूले
विश्वका १७५ राष्ट्रहरूमा बिस्तार भएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आवद्ध
विश्वविद्यालय विद्यार्थीहरूले वातावरण संरक्षण, जनचेतनामूलक कार्यक्रम,
प्राकृतिक प्रकोपमा उद्धार कार्य र Mother's School र Mother's Street जस्ता बिभिन्न अभियानहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले माता परमेश्वरबाट पाएको प्रेम र शिक्षा संसारमा बाँड्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बताउँदै
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका ASEZसदस्यहरू
विश्व भरि आमाको प्रेम बाँड्ने कार्यमा निरन्तर समर्पित हुने बताउनुभयो ।