चाबहिल- काठमाडौं महानगरपालिका वडा नम्बर-७ चाबहिलमा रहेको क्लिन्टन इंग्लिस मिडियम स्कुुलले सोमबार १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कमलादीमा रहहेको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज न्यौपानेको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय गानका रचनाकार एवम साहित्यकार प्रदिप कुमार राई (ब्याकुल माइला) को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा विशेष अतिथिमा काठमाडौं महानगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष विमल कुमार होडा, समाजसेवी एवम राजनीतिज्ञ हरिगोपाल कक्षपती ,गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ स्थित न्यु बुद्ध प्रकाश स्कुलका प्रिन्सिपल अशोक कुमार दाहाल र झरना मिडिया हाउसका अध्यक्ष टि एन धमला रहेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिक्मत रायमाझीले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रगाति विवरण प्रस्तुत गर्नुका साथै शैक्षिक उपलब्धका वारेमा अभिभावकललाई जानकारी समेत गराएका थिए ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा प्रमुख आतिथि राष्ट्रिय गानका रचनाकार एवम साहित्यकार प्रदिप कुमार राईले मन्तव्य राख्दै विद्यालयको आगामी उज्ज्वल भविष्यको कामना रगर्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष विमल कुमार होडाले क्लिन्टन स्कुल नेपालकै एउटा छुट्टै स्कुलका रुपमा स्थापति भएर विद्यार्थीहरुलाई गुणस्तरिय र प्रयोगात्मक सिपका आधारमा शिक्षा प्रदान गर्दै आएको खुसी व्यक्त गर्दै वडाको तर्फबाट हुने सहयोग सधैं गर्ने बताउनु भयो ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए । स्काउट ग्रुपको मार्च पास र योगाका विद्यार्थीले प्रस्तुत गरेको रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो । विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थिए ।
औपचारिक सत्र र सांस्कृतिक कार्यक्रमको संचालन स्कुलकी शिक्षिका विद्या तिवारीले गरेकी थिइन् । त्यसैगरि कार्यक्रमको प्राविधिक सहयोगमा विद्यालयकै कर्मचारी एवम् पत्रकार इन्द्र बहादुर श्रेष्ठले हेरका थिए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कला र सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
लगभग चार सय अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस स्कुलले आगामी शैक्षिक सत्रदेखि माध्यमिक कक्षा ११ र १२ सञ्चालन गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल हिक्मत रायमाझीको भनाई रहेको छ ।