काठमाण्डौ, नागार्जुन नगरपालिकाको सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम हरिसिद्धि मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।
कार्यक्रममा ट्राफिक व्यवस्थापन, सम्पदा क्षेत्रको सडकखण्ड कालोपत्रे,सडक निर्माण, पर्यटन, विकास, पार्क, नगर प्रहरी,स्वास्थ्य विमा ,कृषि तथा शिक्षा स्वास्थ्य लगायतका विविध विषयमा गुनासाहरु उठेका थिए । कार्यक्रममा प्रश्न गर्दै नगरवासीले स्वास्थ्य विमाको व्यवस्था बाट वञ्चित, वर्षामा आउने पानीको संरक्षण तथा उपयोग, सडक कालोपत्रे , करको दर र दायरा सम्बन्धि, फोहोरमैला ब्यबस्थापन र नगरपालिकाको छुट्टै शिक्षा ऐन बनाउनुपर्ने लगायतका बिषयमा नगराबासीहरुले प्रश्न ,सुझाव सल्लाह तथा गुनासोहरु पोखेका थिए ।
सार्बजनिक सुनुवाई कार्यक्रममा आफ्ना भनाई राख्नेहरुमा प्रतिनिधिसभा सदस्य गणेश पराजुली,बागमति प्रदेश सभा सांसद उद्धव थापा, बागमति प्रदेश सभा सांसद केशव प्रसाद पोखरेल लगाएतले सुझाव सल्लाह र जनताका गुनासाहरु अत्यन्तै जायज भएको बताउदै यथासिघ्र सम्बोधन हुने बताउनुभएको थियो ।त्यसैगरी स्वयम्भू बृतकी प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले सितापाईला देखि रामकोट आउने बाटोमा ४ महिनामा ८५ जनालाई ट्राफिक नियम उल्लङ्घन गरेबापत कारवाहि गरेको बताउदै नागार्जुन क्षेत्रको शान्ति, अमन चयनलाई मध्यनजर गर्दै शान्ति सुरक्षामा खटिरहेको बताउनुभयो ।
कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिदै नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले सूचना प्रवाहका लागी हरेक । ३ /३ महिनामा नगरपालिकाको वेवसाइटलाई व्यवस्थापन तथा मर्मत गर्ने बताउनुभो भने नगरपालिकाले नगरवासीलाई स्वास्थ्य विमा प्रभावकारी रुपमा उपलब्ध गराउने प्रयत्न गरिरहेको बताउनुभयो । साथै नगरपालिकाको पुरानो भवनलाई अस्पतालका रुपमा निर्माण गर्ने तयारी गरिरहेको बताउनुभयो । नगरपालिकाले व्यायामशाला सहितका पार्क निर्माण गर्ने योजना रहेको र नगरपालिकाले कानून बनाउदा संघसँग नबाझिने गरी बनाउने उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा वोल्दै नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकामा २७ वटा कानून निर्माण भएको बताउदै नगरपालिकामा विकास निर्माणका कार्य धेरै अगाडि बढेको बताउनुभयो । आगामि दिनमा नगरवासीको आवश्यकता तथा सल्लाहका आधारमा नगरको विकास गर्नै प्रतिवद्धता ब्यक्त गर्दै पहिलो कार्यकालमा नगरवासीको साथ सहयोग प्राप्त गर्न सफल भएकाले यस पटकको कार्यकालमा नागार्जुन नगरपालिकालाई नमूना नगरपालिका बनाउने बताउनुभयो । प्रमुख बस्नेतले कार्यक्रममा प्रस्तुत भएका प्रश्न तथा सुझावहरुलाई सम्बोधन गर्दै सो कार्यहरुलाई तत्काल कार्यान्वयन गर्न वडा प्रमुखहरुलाई निर्देशन दिनुभयो ।कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी तथा नगरवासीहरुको उल्लेख्य उपस्थिितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।