दोहा - प्रवासी नेपाली मञ्च कतारका पुर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका सह - सचिव चानक पोख्रेलले प्रवास बाट "नेपाली श्रमिकले पठाएको रेमिट्यान्सले" देशको अर्थतन्त्र धानेको तर तिनै श्रमिकलाई राज्यले उपेक्षित गरेको गुनासो गर्नुभएको छ ।
मञ्च कतारको १९ औं स्थापना दिवसको अवसरमा शुक्रबार सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा बोल्दै पोख्रेलले "रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुर्याउन आर्थिक सिपाही बनेर नेपाली श्रमिकले राज्यलाई सहयोग गरेपनि" श्रमिकहरूलाई राज्य चलाउनेले अपहेलना गरेको कार्यक्रममा उपस्थिति पुर्व मन्त्री,लोकप्रीय युवानेता एमाले सचीव गोकर्ण बिष्ट सामु आफ्ना गुनासो व्यक्त गर्नुभएको हो ।
मध्य पूर्वमा रहेका नेपाली श्रमिकका परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्था गराउन,नेपाल सरकारबाट बैदेशिक रोजगारीको प्रणालि लाई अझै ब्यबस्थित, श्रमिकहरुका हकहित, अधिकार सुनिश्चित, सामाजिक सुरक्षा लगाएतका बिषयमा नेपाल सरकार,संसद तथा देशको सम्बन्धित निकायमा कुरा राख्न पूर्व मन्त्रि बिष्टलाई पोख्रेलले आग्रह गर्नुभएको थियो तपाईंले यति गर्न सक्नु भयो भने तपाईंलाई प्रवासी नेपाली श्रमिकलाई कालान्तर सम्म भुल्ने छैनन् ।
मञ्चका पुर्व अध्यक्ष समेत रहनुभएका पोख्रेलले नेपाली श्रमिकका मुद्दा लिएर प्रवासी नेपाली मञ्चले विभिन्न ११ देशका दूतावासमा ज्ञापनपत्र बुझाएको स्मरण गर्नुभयो ।
‘यो मञ्चले विदेशमा रहेका नेपालीले स्वदेशमा भोटिङ गर्ने अधिकार पाउनु पर्छ भनेर ४२ देशमा ज्ञापनपत्र पनि बुझाएको छ,’ पोखरेलले भन्नुभयो, ‘हामीले यो संस्था स्थापना गरेर टुकुटुकु हिडाउँदै अहिलेको युवा अवस्थामा ल्याई पुर्याएर यो नेत्रित्वलाई हस्तान्तरण गरेका हौँ ।’
कार्यक्रम उदेश्य अनुरूप बोल्न वक्ताहरूलाई अनुरोध गर्दै प्रवासी नेपाली मञ्च कतारका पूर्व अध्यक्ष दिल किरण खजुम,उपाध्यक्ष जियाबाबू खान लगायतका नेताहरूको सम्झना गर्दै प्रवासी नेपाली मञ्च कतारको १९औँ स्थापना मनाउन पाउदा आफू अत्याधिक हर्षित भएको धारणा व्यक्त गर्नुभयो ।
मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रभात त्रिपाठीको अध्यक्षता उपाध्यक्ष बालकृष्ण भित्रीकोटिले स्वागत मन्तव्य र सचिव बिनेश तामाङले सहजीकरण गरेका थिए ।