दोहा, गत ५ जनवारी २०२४ का दिन कतारको पर्पल आईलेण्ड स्थित ससमुन्द्री तटमा संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार द्वारा आयोजित बभोज कार्यक्रमा नेपालका चर्चित गायिका जुनु प्रसाइले नेपाली राष्ट्रिय पहिचान संरक्षण का लागि युवाहरुलाई कतारको मरुभुमिबाट आह्वान गरेकी हुन।
सलिसाम कतारले हरेक नयाँबर्ष आयोजना गर्दै आईरहेको मञ्चको नौऔं आन्तरिक बनभोज कार्यक्रममा साम्याङफुङ, सिरिबन्दी, कण्ठा, नेसे, ढुंग्री, मुन्द्री जस्ता लिम्बुनी पहिरनमा चिटिक्क सज्जिएर अतिथी कलाकारका रुपमा उपस्थित चर्चित गायिका प्रसाइले आफ्ना भनाईहरु राख्ने क्रममा नेपाल जस्तो बहुल राष्ट्रियता ले सुसज्जित देशको राष्ट्रियता (पहिचान)हरुलाई बचाएर राख्न सकिए मात्र राष्ट्रिय गौरव कायम रहने जिकिर गर्दै, नेपालीहरु बिश्वको जुनसुकै स्थानमा पुगेतापनी आफ्नो पहिचान र अस्तित्व लाई जगेर्ना गर्न हिच्किचाउन नहुने भन्दै आधुनिक युगको दलदलमा अल्मलिरहेका युवाहरुलाई " प्रसाइले आफुलाई शंकेत गर्दै, पहिचानको संरक्षण म बाट सुरु गरे, तपाईबाट कहिले भन्दै?" व्याङ्य गरेकीहुन।
मञ्चका अध्यक्ष रेखा राई खामसामाको अध्यक्षता र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय सदस्य एवं संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारका अध्यक्ष कुमार सिं योङ्हाङ प्रमुख अतिथि रहेका बनभोज कार्यक्रममा उपाध्यक्ष युवराज वेघाले स्वागत मनतव्य राखेका थिए भने कार्यक्रमको औचित्य र संगठनबारे वरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेकले संक्षेपमा प्रकाश परेका थिए । औपचारिक र सांस्कृतिक कार्यक्रम गरि दुई भागमा विभाजन गरि सम्पन्न भएको कार्यक्रम मञ्चका कार्यवाहक महासचिव मौसम लुब्लिहाङ लिङ्दम र यानुका माझिले संचालन गरेका थिए!
विभिन्न मनोरञ्जनबिच भव्यताको साथ सम्पन्न सो कार्यक्रममा अतिथि गायिका जुनु प्रसाईकी साथमा स्थानिय कलाकारहरु राज लिम्बू, सन्त फागो लिम्बू र तमुगुरुङ सेवा समाज कतार र NRNA कतारको समन्वयमा हुँदै गरेको NRNA Singing Idol-2024को दोश्रो चरणको छनौटलाई पार गर्दै, तेश्रो चरणको प्रतिस्पर्धा को तयारिमा रहेका उदयमान गायकदय बिमल लिम्बू र गौतम सामी लिम्बू को समुधुर स्वरमा गितहरु प्रस्तुत भएका थिए।
कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष राइले आफ्ना भनाईहरु राख्ने क्रममा, जसरी दोहालाई कर्मभुमी बनाई रहेका नेपालीहरु मध्ये विभिन्न जात, रंग र बर्गका नेपालीहरुको साथमा मनाईएको बनभोजमा देखिएको रमाइलो दृश्य र खुसि ? समाज र राष्ट्रिय निर्माणमा पनि देखिनु पर्छ भन्ने अभ्यास हामिबाटै सुरुवात गर्नुपर्ने भन्दै उनले थिपिन, आफू आवद्ध संगठनलाई एकात्मक चिन्तनले ग्रसित राजनितिक दलालहरुले जातिय मुद्धा बोकेको संगठन भनी खण्डन गर्नखोज्नेहरु राष्ट्रियता बिरोधी र जनताको खुसिका हत्यारा भएको आरोप लगाउदै आक्रोश पोखिन। सलोरामले जातिय मुद्धा कहिले नउठाएको। स्थापना कालदेखिनै भुमी, ईतिहास र राष्ट्रियतालाई संरक्षण एवं सम्बर्द्धन गर्दै सह-अस्तित्वमय राष्ट्र निर्माणमा अभ्यास गरिरहेको जिकिर गरिन।