खेमराज सुवेदी : प्रवासी नेपाली मञ्च कतारले आफ्नो १९औँ स्थापना दिवस कार्यक्रम ५ जनवरी २०२४ का दिन सनैया स्थित फूलवारी रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ मनाएको छ ।
पूर्व `श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री´ तथा वर्तमान सङ्घीय सांसद, लोकप्रिय युवानेता तथा नेकपा एमाले का केन्द्रिय सचिव माननीय गोकर्ण विष्टलाई प्रमुख अतिथि वक्ताको रूपमा निमन्त्रणा गरि कतार स्थित नेपाली श्रमिक तथा व्यवसायीहरूको बाक्लो उपस्थिति बिच १९औँ स्थापना दिवस कार्यक्रम मनाइएको हो ।
ब्यानर अनावरण, दीप प्रज्वलन, सहिद हरूप्रती मौनधारण गर्दै अगाडि बढेको कार्यक्रममा मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रीकोटिले स्वागत मन्तव्य राखेका थिए भने जनवादी कलाकारहरूले स्वागत गीत गाएका थिए।
कोशी प्रदेशबाट चुडामणि कार्की, दलित एकता संजालबाट किरण परियार,महिला समाजबाट सरिता भन्डारी पौडेल, सामाजिक व्यक्तित्व केबि हमाल, सागर नेपाल, प्रवास नेपाली सम्पर्क बिभागबाट गोपाल न्यैापाने, नेपाली समाज कतारबाट तेज मोक्तान तामाङ, कतार नेपाली एकता समाजबाट कमल आचार्य, नेपाली जनप्रगतिशील मञ्चबाट बुद्धि प्रसाद भन्डारी, नेपाली जनसम्पर्क समिति कतारबाट अजिज अलि, पत्रकार महासंगघ कतार अध्यक्ष करिम बक्स मिया, एनसिसि कतारबाट प्रथम उपाध्यक्ष कृष्ण पन्थी, एनआरएनए आइसिसि सल्लाहकार होमनाथ शर्मा, उपाध्यक्ष राज रेग्मी, प्रवासी नेपाली मञ्च कतार संस्थापक अध्यक्ष कमल मणि गुराँगाई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रवासी नेपाली मञ्च कतारका पुर्व अध्यक्ष अन्तर्राष्ट्रिय कमिटीका सह सचिव चानक पोख्रेलले नेपाली श्रमिकका मुद्दा लिएर ११ देशका दूतावासमा ज्ञापनपत्र बुझाएको बताए । यो मञ्चले विदेशमा रहेका नेपालीले स्वदेशमा भोटिङ गर्ने अधिकार पाउनु पर्छ भनेर ४२ देशमा ज्ञापनपत्र पनि बुझाएको बताए । " हामीले यो संस्था स्थापना गरेर टुकुटुकु हिडाउँदै अहिलेको युवा अवस्थामा ल्याई पुर्याएको हौँ" भने ।
अन्तराष्ट्रिय कमिटीका उपसचिव समेत रहेका पोख्रेलले प्रवासबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुर्याउनु सहयोग गरेपनि श्रमिकहरूलाई राज्यले अपहेलना गरेको गुनासो गरे । पूर्व श्रम मन्त्री गोकर्ण विष्टले मध्ये पूर्वमा रहेका नेपाली श्रमिकका परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्था गराउनको निम्ति संसद तथा देशको सम्बन्धित निकायमा आफ्नो कुरा राख्नु पर्दछ भन्दै, तपाईंले यति गर्न सक्नु भयो भने तपाईंलाई प्रवासी नेपाली श्रमिकलाई कालान्तर सम्म भुल्ने छैनन् भने।
उनले मध्य पूर्वको आवाज शसक्त रूपमा उठाउन पुर्व मन्त्री विष्टलाई आग्रह गर्दै कार्यक्रम उदेश्य अनुरूप बोल्न वक्ताहरूलाई अनुरोध गरे । प्रवासी नेपाली मञ्च कतारका पूर्व अध्यक्ष दिल किरण खजुम लगायतका नेताहरूको सम्झना गर्दै प्रवासी नेपाली मञ्च कतारको १९औँ स्थापना मनाउन पाउदा आफू अत्याधिक हर्षित भएको धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि गोकर्ण विष्टले आफ्नो मन्तव्य राख्द कतारमा रहेका विभिन्न संघ सस्थामा काम गरेका साथिहरू यसरी एउटै मञ्चमा देख्दा खुशी लागेको बताए । " मन्तव्यको क्रममा धेरैले महत्त्वपूर्ण सुझाव, सल्लाहहरू व्यक्त गर्नुभयो, यहाँका नेपाली श्रमिक हरूले भोगेका दुःख, कष्ट, समस्यालाई नजिकबाट नियालिरहेको छु र फर्किदा एउटा असल भरीया बनेर बोकेर लानेछु र सरकार तथा संसदको ढोका ढकढकाउदै सबै समस्या समाधानार्थ पहल गर्ने प्रतिवद्धता व्यक्त गर्ने छु " भने। उनले श्रमिकहरूका समस्याका सम्बन्धमा यो विचार त्यो विचार वा यो सरकार त्यो सरकार नगरी प्रभाकारी ढङ्गले सबैले डटेर मुद्दा उठाउन जरुरत रहेको बताए ।
मन्तव्यकै क्रममा माननीय संघिय सांसद गोकर्णले " आज नेपाली श्रमिकहरू धेरैजना परिवारको पेट पाल्न को लागि मात्रै पनि बाध्यताको जिन्दगी जिउन बाध्य छन, यसका निम्ति नेपालबाट लाखौं युवा दैनिक वैदेशिक रोजगारिको निम्ति जाने गर्छन, देश युवा बिहिन भएको छ, देशमा या त वृद्ध उमेरका छ्न कित साना- साना भाइ बहिनी मात्र छन" भने ।
"अहिले सम्म संसारका ४० भन्दा बढी देशमा श्रम गर्न नेपालीहरू पुगेकाछ्न । देशमा रोजगार पाएको भए गाउँबाट, देशबाट टाढा जान कसैलाई रहर हुन्थ्यो र "
७४ - ७६ मा २ लाख ७६ हजार युवाहरू विदेशिए अहिले २०८० मा लगभग ९ लाख युवा वैदेशिक रोजगारिमा जान वाध्य भएका छन, सन् २०२२ मा कतारबाट मात्रै १ खर्व पैसा रेमिट्यान्स यहाँका नेपाली श्रमिकले पठाएका छन्" भने ।
देशको समृद्धिको लागि सारा नेपालीले चिन्ता जाहेर गर्नु स्वभाविक हो, हिजोका दिनमा कहाँ कमि कमजोरि भए , आउँदा दिनमा परिणामा कसरी निस्कन्छ, विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सबै पार्टीले गम्भीर समिक्षा गर्नेबेला आएको भन्दै " देश धनि हुन सकेन भने नागरिक अन्तराष्ट्रिय मन्चमा सम्मानित हुन सक्दैन, जब सम्म काम गरेर खाने श्रमिकको जीवन स्तर माथि उठ्न सक्दैन तब सम्म त्यो देश माथि उठ्न सक्दैन, त्यो देशले उन्नति प्रगति गर्न सक्दैन " भने । कार्यक्रमका विच प्रवासी नेपाली मञ्च कतारले श्रमिकका नेता विष्टलाई सम्मान गर्दै दोसल्ला ओढाएर मायाँको चिनो समेत प्रदान गर्यो ।
कार्यक्रममा कलाकारहरू शिवराम ढकाल, रेस्मी बिस्वकर्मा, मनिस कुमार गोस्वमि लगायतले देशप्रेम ले ओत प्रोत भएका भावनाका "राट्रियता साट्दैनौ हामी" , तथा मैथली अनि भोजपुरी लगायतका गीत समेत पस्किए।
कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतार तथा कार्यक्रमका अध्यक्ष प्रभात त्रिपाठीले मञ्च कतारका संस्थापकहरूमा यो मञ्चलाई स्थापना गराएर यहाँ सम्म ल्याउन अथाह सहयोग गर्नु भएकोमा आभार प्रकट गर्दै सम्झिएका थिए। प्रवासी नेपाली मञ्च कतार श्रमिकको सँस्था भएको हुँदा सधैँ श्रमिकका समस्याहरू निराकरण गर्नको निमित्त सङ्घर्षको मैदानमा रहने गरेको बताउँदै '' हामीले सिद्धान्तको लागि जीवन होइन , जीवन को लागि यी सिद्धान्त बनेका हुन भन्ने बुझ्न जरुरी छ '' भने ।
हिजोका दिनमा बिगारिएको समाजलाई मिलाउन वैचारिक संस्थाहरू मिलेर NCC को निर्वाचन मार्फत छरपष्ट भएको नेपाली समाजलाई एक ढिक्का बनाउँदै समाज बिगार्ने शक्तिलाई पराजयको स्वाद चखाएको बताए। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समापन गरे।
उक्त कार्यक्रमको सहजिकरण प्रवासी नेपाली मञ्च कतारका सचिव तथा संगठन विभाग प्रमुख बिनेश तामाङ्गले कुशलता पूर्वक गरेका थिए।